२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

अवधी पत्रकार संघ नेपाल कपिलवस्तुकाे अधिवेशन कार्तिक १० गते तौलिहवामा हुने निर्णय 

Logo
ABC-Sanchar प्रकाशित शनिबार, आश्विन १९, २०८१

कपिलवस्तु । बहादुरगंज अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाले आज बसेकाे बैठकले तेस्रो अधिवेशन कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा गर्ने निर्णय गरेको छ ।

अधिवेशन सफल बनाउनकाे लागि निरहु यादव संयाेजक, अनेक पाण्डेय कार्यक्रम व्यवस्थापन, सहबाज खान आर्थिक व्यवस्थापन, प्रतिमा विश्वकर्मा अतिथि सत्कार, धनी राम काेरी र सबित गुप्ता पत्राचार व्यवस्थापन, महेन्द्र कुमार धाेबी कला संस्कृति, सत्रुघन खर्बिन्द कार्यक्रम सहयोगी जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरिएको हाे ।

अवधी पत्रकार संघ नेपालकाे केन्द्रीय उपाध्यक्ष सनिउल्ला धाेबीले अधिवेशन सफल बनाउनकाे लागि सबै आ-आफ्नो ठाउँबाट तयारीमा लाग्नकाे लागि सबैलाई अनुरोध समेत गर्नु भएको छ । अधिवेशनलाई सभ्य र भव्य रुपमा सफल बनाउनु पर्छ ।

उक्त बैठकमा अवधी पत्रकार संघ नेपालकाे केन्द्रीय उपाध्यक्ष सनिउल्ला धाेबी, जिल्ला अध्यक्ष निरहु यादव, उपाध्यक्ष अनेक पाण्डेय, सचिव राम लखन जयसवाल, सह-सचिव सबित गुप्ता, सदस्यहरु धनी राम काेरी, बृजेश यादव, कमलेश चन्द्र गुप्ता र पशुपतिमणि त्रिपाठीकाे सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट प्रति ब्यारेल २.६ प्रतिशत ले बढेर १०२.७० डलर पुगेको छ भने अमेरिकामा व्यापार हुने कच्चा तेल २.३ प्रतिशत बढेर ९७ डलर पुगेको छ। बीबीसीका अनुसार अमेरिका र इरानबिच होर्मुज स्ट्रेटमा गोलाबारी भएको हो। इरानले बिनाकारण हमला गरेकाले प्रतिकार गर्न बाध्य भएको दाबी अमेरिकी सेनाले गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘आक्रमण […]

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

error: Content is protected !!