२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

चाडपर्व लक्षित शान्ति सुरक्षा प्रहरी दिवस कार्य सम्पादन सम्झौता डिआईजी भट्टराईद्वारा प्रहरी प्रमुखहरुलाई निर्देशन

Logo
सागर थापा प्रकाशित सोमबार, आश्विन २१, २०८१

 

सुर्खेत । कर्णाली प्रदेश प्रहरी प्रमुख श्रद्धेय श्रीमान् प्रहरी नायव महानिरीक्षक जनक भट्टराईज्यूले नजिकिदै गरेको बिजया दशमी, दिपावली, छठको शुभकामना सहित चाड पर्वलाई हर्सोल्लास र आपसी सदभावका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाउन तथा आसन्न ६९ औं प्रहरी दिवसलाई मर्यादित र भव्यरुपले मनाउन, कार्यसम्पादन सम्झौता अनुरुपको लक्ष्य हासिल गर्न र सवारी दुर्घटना, विपद व्यवस्थापन लगायतका चुनौतिका बिषयवस्तुहरुमा मातहत कार्यालय तथा जिल्ला प्रहरी प्रमुख प्रमुखहरुलाई भर्चुअल माध्यमद्वारा निर्देशन दिनु भएको छ ।

मातहत प्रहरी कार्यालयका प्रमुखहरुलाई चाडपर्वको समयमा सवारी साधनद्वारा मानिसहरुको आवत जावत बढी हुने हुँदा यात्रुहरुको सहजताको लागी यात्रु सहायता कक्षको स्थापना गरी आवागमनलाई थप सहजता बनाई दुर्घटना न्यूनिकरण गर्न ट्राफिक व्यवस्थापन मिलाउने, जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरी बजार अनुगमन, अखाद्य वस्तु विक्रिवितरण, कालोबजारी नियन्त्रण गर्ने लगायत जुवातास, चोरी तस्करी, लागू औषधको प्रयोग तथा ओसार पसार सिमा नाकाहरुमा कडाईका साथ चेकजाँच गर्न, फरार प्रतिवादी पक्राउ अभियानलाई तिव्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ ।

साथै आसन्न ६९ औं प्रहरी दिवसलाई मर्यादित र भव्य रुपले मनाउन आवश्यक तैयारी गर्ने, कार्य सम्पादन सम्झौता अनुरुप लक्ष्य प्राप्तिको अवस्था र समयमै पुरा गर्न आवश्यक निर्देशन दिनुका साथै मौषम प्रतिकुलताको कारण वाढी, पहिरो, डुवान जस्ता बिपदका घटनाहरु भईरहेको अवस्थामा प्रहरी सम्वेदनसिल भई अन्य सुरक्षाका निकायहरुसंग समेत समन्वय र सहकार्य गरी आफुसंग भएको सिमित साधन स्रोतको अधिकतम प्रयोग गरी परिचालन हुन समेत निर्देशन दिनु भएको छ ।
सोही अवसरमा मातहत प्रहरी कार्यालय प्रमुखहरुले आ-आफ्नो कार्यालयको बस्तुस्थिति, शान्ति सुरक्षाको अवस्था लगायत समसामयिक विषयबस्तुका बारेमा प्रदेश प्रहरी प्रमुख समक्ष जानकारी समेत गराउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]