२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

पब्जि खेलेको पैसा नदिदा घोराहीबाट ब्यक्ति अपहरण मुद्धा चलाउने तयारीमा दाङ प्रहरी

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन २१, २०८१

 

दाङ । पब्जि खेल्दा लागेको रकम नदिएपछि घोराहीको एक ब्यक्तिलाई अपहरण गरेको रहष्य खुलेको छ दाङ प्रहरीले ब्यक्ति अपहरण घटनामा दुइ जनालाई प्रहरीले समातेर घटना अनुसन्धान गर्दै जादा सो कुरा बाहिर आएको हो अपहरण गर्ने ब्यक्तिले पब्जि खेल्दाको पैसा नदिएपछि अपहरण गर्नुपरेको बयान दिएका छन । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख अर्जुन तिमिल्सेनाले अपहरणमा पर्ने परिवारले जाहेरी नदिएको जानकारी दिए । उनले यो घटनामा प्रहरीले दुख पाएको भन्दै यस्ता घटनाहरु निरुत्साहित गर्न मुद्धा चल्ने दाबी गरे ।

ब्यक्ति अपहरणको सुचना पाए लगत्तै खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टाेलिले अपहरणमा परेका घोराही १५ बिपि चोक निबासी बर्ष २०/२१ आयुष केसिलाई प्रहरीकै सकुशल उद्धार गरेको थियो । पैसाको लेनदेन नमिलेपछि केसिलाई घोराहीबाट बा १५ च ९६९६ रातो फोर्ड गाडिमा हालि अपहरण गरेका नवलपरासी कावासोति ८ का बर्ष २० का साहिल ढकाल र सोही ठाउँ निबासी बर्ष २५ का बिपिन न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले चारैतिरबाट खोजी तिब्र पारेपछि लमही कुलमोड नजिकैबाट नियन्त्रणमा लिएको छ । पक्राउ परेपछि उनिहरुमाथी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!