२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

प्रेस काउन्सिल नेपालले ३ वटा अनलाइनलाई कालोसूचीमा ४३ वटा युट्युबलाई कारवाही गर्न प्रहरीलाई पत्राचार

Logo
Abc Sanchar प्रकाशित सोमबार, आश्विन २१, २०८१

 

प्रेस काउन्सिल नेपालले आचारसंहिता बमोजिम दिइएको निर्देशन अबज्ञा गर्ने ३ वटा अनलाइन संचार माध्यामलाई कालोसूची / अवज्ञाकारिको सुचिमा राखी अगाडि बढाएको जनाएको छ। त्यस्तै मिडियामा आबद्ध नभएका सामाजिक संजाल (युटुव च्यानल ) बाट आचारसंहिता बिपरित अफवाह फैलाउने एकपक्षीय, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गर्ने ४३ वटा सामाजिक संजाल (युटुव च्यानल)को अनुसन्धान गरि कारबाही गर्न नेपाल प्रहरी ( साइबर ब्यूरो )मा पत्राचार गरेको काउन्सिलले जनाएको छ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उप-समितिको निस्कर्स अनुसार सम्बद्ध संचार माध्यम विभिन्न सामाजिक सञ्जाललाई कारवाही गर्ने निर्णय गरेको जनाएको हो ।

काउन्सिलका सह- प्रशासकीय अधिकृत एवम् प्रवक्ता रामशरण बोहरा द्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै कार्वाहीको सिफारिस गरेको जनाएको हो । कालोसूचीमा पर्ने सञ्चारमाध्यममा ABP crime news, टीभिअन्नपूर्ण डटकम र सेतोखरी डटकम रहेका छन् ।

पत्रकारआचारसंहिताको मूल्य मान्यताअनुसार पत्रकारिता गर्ने उद्धेश्यका साथ सञ्चालित सामाजिक संजाल (युट्युब च्यानल)लाई व्यवस्थित तथा मर्यादित बनाउने उद्धेश्यका साथ काउन्सिलले कार्यविधि बनाई काम गर्दै आएको जनाएको छ ।

वर्तमान परिपेक्षमा युट्युब च्यानलबाट सम्प्रेषण हुने सामग्रीका विषयमा उजुरी र गुनासाहरु बढ्दै गएको सन्दर्भमा कार्यविधि बनी नियमन गर्न थालेको काउन्सिलले विवादास्पद समाचार सम्प्रेषण गर्दै आएका तपशिलका अनलाइन न्युज अनलाइनपाना डटकम, स्वास्थ्यलाइभ डटकम, जनताटाइम्स डटकम, खप्तडटिभि डट कम, गुडटिभी डटकम, अर्थसञ्जाल डटकम, ध्वनीखबर डटकमसहितलाई विशेष अनुगमनमा राखी काउन्सिलले निगरानी गरेको जनाइएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]