२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

राप्ती नदीमा बग्दै गरेका एक युवकको प्रहरीद्वारा उद्धार

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २२, २०८१

 

दाङ । राप्ति गाँउपालीका ७ अननपुर बस्ने करिब ३३ वर्षका आशाराम चौधरीलाई गढवा प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको हो ।

बिहान साढे ६ बजे राप्ती नदीको पुलबाट हाम फालेर आशाराम वपेत्ता भएको खबर नीजक भाइ नाता पर्ने सुशीराम चैधरीले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय गढवा, गोवडिया प्रहरी चौकी र स्थानीयले ९ः२० बजे बगरपुर घाट नजिकैबाट उद्धार गरेको हो । आशारामलाई उपचारका लागि लमही अस्पतालमा लगिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]