२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित २ जना भारतीयहरु पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २२, २०८१

 

हेटौंडा । विशेष सूचनाको आधारमा आज बिहान प्रहरीले हेटौंडा उपमहानगरपालिका­
१५ रातोमाटे चेकपोष्टस्थित पूर्व–पश्चिम सडकखण्डबाट सुनसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उरीक्षक विश्वराज खडका समेतको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सुनसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित सांगली जिल्लाका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन् । उनीहरूले शरीका विभिन्न भागमा लुकाएर सुन ल्याएका थिए । बरामद सुनको बजार भाउ ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ रहेको प्रहरी उरीक्षक खड्काले बताए ।

बरामद सुन र पक्राउ परेका दुई जनालाई थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!