२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

श्रोत नखुलेको १९ लाख रकमसहित २ जना काठमाडौंबाट पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २२, २०८१

 

काठमाडौं जिल्ला म.न.पा. १४ कलंकी स्थित शंकास्पद कारोबार भई रहेको भन्ने सुचनाको आधारमा यस जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा गई निग्रानी गर्दा साबित्री वलीले श्रोत नखुलेको १५ लाख रकम बैंकमा जम्मा गर्न बोकी हिडेको अवस्थामा फेला पारी बरामद गरी नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा उक्त रकम भारतिय नागरिकको रहेको र निज सावित्री वली विगत १ बर्ष देखि का.जि. का.म.न.पा. २३ न्यूरोड स्थित रहेको भारतिय नागरिकको अफिसमा काम गर्ने भनि बताएकोमा निजलाई साथमा लिई अफिसको चेकजाँच गर्दा निजको भाई सुरेश वलीको साथबाट थप श्रोत नखुलेको ४ लाख रकम फेला पारी बरामद गरी नियन्त्रणमा लिई यस कार्यालयबाट थप अनुसन्धान कार्य भई रहेको ।
क) पक्राउ परेका व्यक्तिहरु:-
१) जिल्ला दोलखा विगु गा.पा. वडा नं. ४ स्थायी घर भई हाल का.जि.का.म.न.पा १४ कलंकी बस्ने वर्ष ३५ की साबित्री वली ।
२) ऐ.ऐ. घर भई हाल का.जि.का.म.न.पा २३ न्यूरोड वस्ने वर्ष २५ को सुरेश वली ।
ख) बरामद दशी:-
१) नेपाली नगद रू. १९ लाख
२) बिभिन्न बैकको स्लिप थान ५
३) मोवाइल थान ‍१

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]