२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

श्रीमतीको हत्यापछि टाउको बोकेर बजारमा हिँडिरहेको अवस्थामा एक युवक पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन २३, २०८१

उदयपुर । त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जंगबहादुर घिसिङ रहेका छन् ।

प्रहरीका अनुसार मंगलबार साँझ साढे ६ बजेतिर उनले पत्नी २८ वर्षीया प्रमीला लामाको हत्या गरेको थाहा भएको छ । हत्यापछि उनले श्रीमतीको टाउको लिएर हिँडिरहेका बेला उनलाई पक्राउ गरिएको उदयपुर जिल्ला प्रहरीका एसपी हरिहर योगीले बताए ।

प्रहरीका अन्ुसार यही असोज १३ गते भारतबाट घर आएका घिसिङले विवादपछि श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रमीला त्रिवेणी नगरपालिका–६ जलजलेमा चिया व्यापार गर्थिन् । उनीहरूका दुईजना बच्चा छन् ।

चिया बेचेर कोरियन भाषा पनि सिक्दै गरेकी उनका दुई छोरा ४ र १ कक्षामा पढ्छन् । दम्पतीको बिचमा करिब दुई वर्षदेखि राम्रो सम्बन्ध थिएन ।

घिसिङले हत्यापछि खुकुरीले श्रीमतीको टाउको काटेर बोकेर हिँडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले करिब १ किलोमिटर परबाट पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]