काठमाडौं । असोज २५ र २६ गते प्रहरीले फरक फरक दुई रुटमा निःशुल्क बस सेवा दिन लागेको हो दुवै रुटमा बिहान ८ : ० बजेदेखि ४ बजेसम्म यात्रुहरूले यो सेवा लिन पाउने छन् । नेपाल प्रहरीले यस अघि पनि सर्वसाधारणका लागि दशैँमा यो सेवा दिँदै आइरहेको थियो । दशैंमा पर्याप्त सार्वजनिक गाडी नहुँदा सास्ती खेपेका यात्रुहरू यो सेवाबाट लाभान्वित हुँदै आइरहेका छन्।