२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

सशस्त्र प्रहरी पर्साले हुन्डिको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन २५, २०८१

 

पर्सा । वीरगञ्ज वडा नम्बर १६, भन्सार मेनगेटमा सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ जाँदै गरेको बीआर ०५ एएम २६६४ नम्बरको स्कुटरलाई शंका लागी चेकजाँच गर्दा ठूलो मात्रामा अवैध रकम फेला परेको हो।

प्रहरीले स्कुटरमा सवार भारतको पूर्वी चम्पारण, रक्सौल नगर पन्चायत नागा रोडका ५८ वर्षीय अनिल कुमार रुङ्गटालाई नियन्त्रणमा लिएको छ। रुङ्गटाको झोलाबाट स्रोत नखुलेको नेपाली रूपैयाँ ३ लाख ५३ हजार र प्रतिबन्धित भारतीय रुपैयाँ ५०० दरका १७ हजार ५ सय फेला परेको सशस्त्र प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र सिंह धामीले जानकारी दिएका छन्।

प्रहरीको अनुसार, अनिल कुमारले स्कुटरमा लुकाएर उक्त रकम ल्याउँदै गरेका थिए। नियन्त्रणमा लिइएका उनीसहित १ लाख ५० हजार मूल्यको स्कुटर र बरामद गरिएको रकम वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

सशस्त्र प्रहरीको टोलीले अवैध गतिविधिहरू नियन्त्रण गर्ने अभियानलाई जारी राख्दै, स्रोत नखुलेको रकमसहितको अवैध कारोबारको विरुद्ध कडा कारवाही गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]