२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

पत्रकार संगठनले पत्रकार गुप्ता परिवारमाथि हातपात प्रशासन ज्ञापनपत्र एसपी कार्कीद्वारा पक्राउ गर्न निर्देशन

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन २७, २०८१

 

बाँके । पत्रकार आशिष गुप्ता लगायत परिवार माथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकार संगठनहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ बाँकेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँके पुगेका पत्रकारहरुले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारवाहीको कठघरामा उभ्याउन माग गर्दै ज्ञापन पत्र बुझाए । हतपत गर्ने व्यक्तिहरू दुर्गेश साहु विशाल गुप्ता देवानन्द यादव लगायत रहेकाे छ पिडितले बताए । पत्रकारका तर्फबाट विभिन्न आस्थागत संगठनका अध्यक्षहरुले संयुक्त हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई बुझाउँदै महासंघ बाँकेका कार्यवाहक अध्यक्ष संगीन शर्माले सुरक्षित स्वतन्त्रतापूर्वक पत्रकारिताको वातावरण बनाउन घटनाका दोषीलाई कारवाही जरुरी भएको औंल्याए ।

कार्यक्रममा पत्रकार महासंघका प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, जिल्ला सचिव कमल डाँगी, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे, रुद्र सुवेदी, पूर्व केन्द्रीय उपाध्यक्ष शिव डोटेल, जिल्ला अध्यक्ष दुर्गा रोकाय, नेपाल प्रेस यूनियनका जिल्ला अध्यक्ष प्रिया स्मृति ढकाल, प्रदेश महासचिव नविन गिरी, प्रेस सेन्टरका केन्द्रीय सदस्य डक्ट धिताल, जिल्ला अध्यक्ष राजेश आचार्य, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, जिनेपाल एचडीका प्रबन्ध निर्देशक आशिष गुप्ता लगायतले घटनाबारे चिन्ता व्यक्त गर्दै दोषीलाई कारवाही माग गरेका थिए । यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले गुप्ता परिवार माथि आक्रमण भएको जाहेरी जिल्ला प्रहरी बाँकेमा आएको र ऊनीहरु फरार रहेकोे खोजी कार्य जारी रहेको तत्काल पक्राउ गरि कानुन अनुसार कार्वाही गर्ने एसपी कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!