२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

रौतहट मेलाबाट एक व्यक्ति पेस्तोलसहित पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन २७, २०८१

 

रौतहट । जिल्लाको देवाही गोनाही नगरपालिका–६ स्थित दुर्गा मेला लागेको स्थानबाट एक व्यक्ति पक्राउ पर्नेमा ५६ वर्षीय भोला राय यादव रहेका छन्, जो सोही वडाका स्थानीय बासिन्दा हुन्।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरी गस्ती टोलीले यादवलाई शंका लागि जाँच गर्दा उनको साथबाट मेडइन यूएसए लेखिएको अटोमेटिक पेस्तोल बरामद भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपक कुमार रायका अनुसार, यादवको पेस्तोलमा एक साइडमा ‘अटोमेटिक पेस्तोल, मेड इन यूएसए’ र अर्को साइडमा ‘अटोमेटिक पेस्तोल नाइन एमएम नाइन राउण्ड’ लेखिएको छ।

प्रहरीका अनुसार यादवको साथबाट पेस्तोलसँगै त्यसको म्याग्जिन, चार राउण्ड गोली, र सर्ट गनको दुई राउण्ड गोली समेत बरामद गरिएको छ। हाल यादवमाथि थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]