२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

बर्दियामा नेपाल भारत सिमानामा भारतीय वन रक्षकले गोली हान्दा एकजना नेपाली घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन २८, २०८१

बर्दिया । नेपाल–भारत सीमा क्षेत्रमा खेतमा काम गरिरहेका एक नेपालीमाथि भारतीय वन रक्षकले गोली चलाएका छन् । बर्दियामा भारतीय वन रक्षकले गोली हान्दा नेपाली घाइते भएका छन् । गुलरिया नगरपालिका– ८, आशापुरका बालाराम लोधमाथि भारतीय वन रक्षकले गोली चलाएका हुन् ।

भारतीय सीमा नजिकको आफ्नो खेतमा जंगली जनावर धपाउन गएका लोधलाई भारतीय वन रक्षकले पारीबाट गोली हानेका हुन् । हिजो राति करिब सात बजे उनीमाथि गोली चलाइएको हो । लोधलाई १६ वटा छर्रा लागेको छ ।

नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । नेपाली प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । आशापुरबाट केही वर्षअघि भारतीय वन रक्षकले यसरी नै गोली हानेर पक्राउ गरी एक जना लोध नै थर भएका व्यक्तिलाई बेपत्ता पारेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!