२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

सिद्धिकीको हत्या गर्ने समूहले भन्योः अब पालो सलमान खानको सुरक्षा ब्यबस्था कडा

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन २८, २०८१

काठमाडौं । एजेन्सी भारतको महाराष्ट्र राज्यका पूर्वमन्त्री बाबा सिद्दिकीको हत्यापछि बलिउड अभिनेता सलमान खानको सुरक्षामा कडाई गरिएको छ ।

सिद्धिकी हत्यामा गुन्डा नाइके लरेन्स बिश्नोईको गिरोहको संलग्नता खुलेपछि सलमानमाथि सुरक्षा थ्रेट हुन सक्ने आशंकामा सुरक्षा बढाइएको हो । लरेन्स समूहले बाबा सिद्धिकीको हत्याको जिम्मेवारी लिएको छ ।

सिद्धिकी सलमानका एक निकट सहयोगीसमेत थिए । सिद्धिकीको शनिबार राति मुम्बईमा गोली हानी हत्या गरिएको गरिएको थियो । लरेन्सको समूहले पटकपटक सलमानलाई ज्यान मार्ने धम्की दिँदै आएको छ ।

लरेन्सगिरोहका सदस्य शुभु लोन्करले सामाजिक सञ्जालमार्फत बाबा सिद्दिकीको हत्याको जिम्मेवारी लिएका छन् । शुभुले सलमानको नाम लिँदै उनी र दाउद गिरोहलाई सहयोग गर्ने सबैलाई सचेत रहन धम्की दिएका छन् ।

धम्कीपछि सलमानको सुरक्षा बढाइएको अधिकारीहरुलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

सलमान र उनका सुरक्ष्बााका लागि सुरक्षाकर्मीको संख्या बढाइएको छ । सलमानको ग्यालेक्सी अपार्टमेन्टबाहिर बाक्लो सुरक्षा थैतानी बढाइएको इण्डिया टुडेले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]