२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

६९ औं प्रहरी दिवस २०८१ को अवसरमा बागमती प्रदेश प्रहरीको आयोजित श्रद्धाञ्जली

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन ३०, २०८१

 

हेटौंडा । ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित अमर प्रहरी प्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री कृष्ण हरि शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरू, प्रहरी निरीक्षकहरू, बागमती प्रदेश कार्य समितिका पदाधिकारी, जिल्ला कार्य समितिका पदाधिकारी, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू समेतको उपस्थितिमा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै श्रद्धासुमन व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित हुनु भएका वीर अमर प्रहरीका परिवारजनहरूलाई बागमती प्रदेश प्रहरी प्रमुखबाट दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । साथै कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुखले राज्यमा सृजना भएको बिभिन्न परिस्थितिलाई सामना गर्ने क्रममा साहदत प्राप्‍त गर्ने ती अमर शहीदहरू प्रति पनि बागमती प्रदेश प्रहरी कार्यालयको तर्फबाट हार्दिक समवेदना समेत व्यक्त गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!