२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

धनगढीमा ग्याङ फाइट हुँदा ५ जना घाइते केही पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक ०१, २०८१

 

कैलाली । गंगा नगरपालिका ८ बडैपुरस्थित दुर्गा मन्दिरमा लागेको मेलामा दुई समूहबिच झडप हुँदा बिहीबार राति पाँच जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले झडपका क्रममा दुबै समूहका गरेर पाँच जना घाइते भएको बताए।

उनका अनुसार गौरीगंगाकै २५ वर्षीय विक्रम बम, २३ वर्षीय सुरेश बम, २३ वर्षीय कृष्ण बोहरा, २० वर्षीय दिनेश बसाल र २२ वर्षीय प्रशान्त कलेल घाइते भएका हुन्। प्रवक्ता बोहराले ग्याङ फाइट गर्ने एउटा समूहको नेतृत्व गर्ने गौरीगंगा–५ का २१ वर्षीय दिनेश थापालाई पक्राउ गरिएको बताए।

थापाको समूहमा खेम बम, लक्ष्मण बिष्ट र सुनिल खड्का रहेका र विक्रम बम लगायतको अर्को समूह रहेको प्रहरीले बताएको छ। निसर्ग अस्पतालमा उपचारारत घाइतेहरुलाइ डिस्चार्ज गरिएको प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]