२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

मेयर बालेन्द्र साहले पक्राउ पुर्जी जारी हुँदैमा नआत्तिन रवि लामिछानेलाई आग्रह गरेका छन्

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक ०२, २०८१

 

काठमाडौं । शुक्रबार साँझ लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेलगत्तै बालेनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

साहले कानूनभन्दा माथि कोही पनि नहुने र पक्राउ पुर्जी जारी हुँदैमा डराउनु नपर्ने उल्लेख गरेका छन् । ‘कानूनभन्दा माथि कोही पनि हुँदैन । बिनाआधार र प्रमाण पक्राउ पुर्जी जारी हुँदैन । गल्ती गरेको छैन भने पक्राउ पुर्जी जारी हुँदैमा डराउनुपर्दैन’, साहले लेखेका छन् ।

लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी), काठमाण्डु प्रहरी परिसर र काठमाण्डु उपत्यका अपराध महाशाखाको टोलीले वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरी शुक्रबारै पोखरा लगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]