२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

सातमारामा दोस्रो बृहत साँस्कृतिक तथा पर्यटन महोत्सवमा कलाकारहरुको पस्तुती

Logo
बिदुर एमसी प्रकाशित सोमबार, कार्तिक ०५, २०८१

 

दाङ । भालुवाङ आइतवार तेस्रो दिन चर्चित गायक शक्ति चन्द, संझना लामिछाने मगर  र नारायणी खत्रीले आफ्ना दर्जनौ प्रस्तुतीले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका छन् ।

संस्कृतिको मौलिक कला र विकृति विसंगति हटाउने मेला भन्ने मुल नाराका साथ एकता युवा क्लवको आयोजना एवम् सुपा देउराली मन्दिरको सहआयोजनामा सञ्चालित महोत्सवमा दुवै कलाकारले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । गायक चन्दले आफ्ना विभिन्न गीत गाएर दर्शकलाई नचाएका थिए । विशेषगरि दर्शकहरू चन्दको गीतमा झुमेका थिए । चन्दले करिब एक दर्जन गीत गाएका थिए । उनी पनि दर्शकसंगै नाचेका थिए ।

त्यस्तै गायिका संझना लामिछाने मगरले पनि आफ्ना दर्जनौ प्रस्तुतीले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएकी थिइन् । आफु नाच्दै दशृकहरुलाई समेत संझनाले नचाएकी थिइन् । भने मोडेल तथा डान्सर नारायणी खत्रीले आफ्ना विभिन्न नृत्य मार्फत दशृकहरुलाई मनोरञ्जन दिएकी थिइन् । साथै महोत्सवमा उद्घोषक दिपक बर्मा र वर्षा पाण्डे, मोडेल तथा डान्सर रितु गुरुङ, खेमराज पाण्डे लगायत स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । भने सितगंगा डान्स आइडल समेत प्रस्तुत गरिएको थियो ।

स्थानीय कला, संस्कृतिको संरक्षण तथा सामाजिक क्षेत्रको विकासका लागि आयोजना गरिएको महोत्सवमा १ सय बढी स्टल राखिएको छ । भने करिव २०–२५ लाख करोबार गर्ने लक्ष्य रहेको महोत्सवमा करिव ५० लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको मेला व्यवस्थापक हिरा हमालले जानकारी दिए । महोत्सव अवधीभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ । भने स्थानीय स्तरका विभिन्न भाषाभाषीको संस्कृति झल्किने साँस्कृतिक प्रस्तुती रहने छ । महोत्सवमा चर्खे पिङ, झुला, बाल उद्यान राखिएको छ ।

महोत्सवको चौथो दिन कार्तिक ५ गते चर्चित गायक नरेश खाती लगायतका कलाकारहरु आउँदै
यसै बीच महोत्सवको चौथो दिन चर्चित गायक नरेश खाती, गायिका निर्मलादेवी बस्नेत, उदघोषक दिपक बर्मा, वर्षा पाण्डे आउने कलकार संयोजक शालिकराम भण्डारीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]