२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

दाङको भालुवाङमा बालिकाको न्यायका लागि आन्दोलनकाे घाेषणा

Logo
बिदुर एमसी प्रकाशित सोमबार, कार्तिक ०५, २०८१

 

दाङ । भालुवाङमा गठित संघर्ष समितिको बैठक आइतवार राप्ती गाउँपालिका–१ भालुवाङमा सम्पन्न भएको छ संघर्ष समितिका अध्यक्ष सुरज खड्काको अध्यक्षतामा बसेको बैठकले बलात्कृत बालिकाको न्यायका लागि भोली कार्तिक ५ गते ११ बजे सम्म इलाका प्रहरी कार्यालय भालुवाङलाई सत्यतथ्य छानवीन गरि दोषी पत्ता लगाई पिडित बालिकालाई न्याय दिन चेतावनी दिएको छ । यदि सो अवधी भित्र दोषी पत्ता लगाई कारवाही गर्न नसके १२ बजे देखि इलाका प्रहरी कार्यालय भालुवाङको परिसरमा शान्ति पुर्ण तरिकाले आन्दोलन स्वरुप धर्ना दिने निर्णय गरेको छ ।

त्यसै गरी बैठकले बलात्कृत बालिकालाई संघर्ष समितिको समन्वयमा आमा र आफन्तको रोहवरमा सुरक्षित तरिकाले राख्ने गरी इलाका प्रहरी कार्यालयबाट निकाल्ने निर्णय समेत गरेको छ । बैठकमा समितिका सदस्यहरु, पिडित परिवार, संघसंस्थाका प्रमुख र पत्रकारहरुको उपस्थिती रहेको थियो । बैठकको सहजीकरण संघर्ष समितिका सदस्य राजकुमार आचार्यले गरेका थिए । गत असोज २४ गते साँझ भालुवाङ स्थित शसस्त्र प्रहरी क्याम्प नजिकै रहेको लिंगे पुल खेल्न गएकी राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा डेरा गरि बस्ने ८ वर्षिय बालिका बलात्कृत भएकी थिइन् । घटना घटेको हप्ता दिन भन्दा बढी भइसक्दा समेत प्रहरीले घटनामा संलग्न दोषीलाई पक्राउ गर्न नसकेपछि भालुवाङ क्षेत्रमा क्रियाशील विभिन्न राजनीतिक दल, मानवअधिकारकर्मी, सञ्चारकर्मी, संघसंस्था र युवा तथा बौद्विक व्यक्तित्वहरूको एक बृहत भेलाले संघर्ष समिति गठन गरी आन्दोलन गर्न सुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]