१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

कपिलवस्तुमा सांघातिक आक्रमण, महिला र बच्चा गम्भीर घाइते अस्पतालमा भर्ना, प्रहरीले जाहेरी लिन मानेन

Logo
बिदुर एमसी प्रकाशित सोमबार, कार्तिक ०५, २०८१

 

दाङ । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ३, मौजा छोट्की खैराटी गाउँमा । असोज २८ गते बेलुका आक्रमणकारी यादव समूहले सुनियोजित रूपमा निहुँ खोजेर एकाएक हिंसात्मक शैलीमा हमला गर्न थाले निर्दोष वरई समुदायमाथि आइलागे ।

एक्कासी हातमा चक्कू, फलामे छड् र लठ्ठी लिएर होहल्ला गर्दै आए । त्यसपछि त्यहाँ केही भनाभन, विवाद जस्तो भयो । सोही ठाउँ बस्ने वर्ष ३० को रामदर्शन यादव, वर्ष २६ को सञ्जय यादव, वर्ष २९ काे रामअचल यादव, वर्ष ३७ काे गुड्डू भन्ने बलिराम यादव, वर्ष ४७ काे कुल्ली भन्ने रामभराेसे यादव, वर्ष ४३ काे भाेथे भन्ने तिलकराम यादव, वर्ष २० काे अर्जुन भन्ने श्रीकृष्ण यादव, वर्ष ३२ को रघुनन्दन यादव लगायतको एउटा ठूलै जत्थाले बहुलाएको तरिकाले अन्धाधुन्ध आक्रमण गर्न थाल्यो ।

त्यसरी दर्जनौं संख्यामा आएको आक्रमणकारी समूहले न महिला, न बच्चा, न बृद्ध कसैलाई पनि नछोडेर सांघातिक हमला गरेर कति महिलाको ढाड टाउकोमा गम्भीर चोट लागेको छ । केही बच्चाहरु पनि घाइते भएको र त्यहाँ भएका अरु मानिसहरु समेत घाइते भएको घटनाका पीडितहरुको गुनासो छ ।

त्यसरी त्यस आक्रमणकारी समूहले कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका ३, मौजा छोट्की खैराटी निवासी ५ वर्षको बच्चा सुदिप बरई, ४ वर्षको सलोनी बरई र १७ वर्षको ज्योति बरई उक्त सांघातिक आक्रमणको शिकार भई घाइते भएका छ्न ।

सांघातिक आक्रमणको निसानामा ६५ वर्षकि बृध्दा आकाशपति बरई, ३५ वर्षकि महिला शान्ति बरई, कान्ति बरई पनि गम्भीररूपमा घाइते भएका छन् । पीडित घाइतेहरुको कपिलवस्तु जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

६७ वर्षका रामगुलाम बरई लगायतका दर्जनौं व्यक्तिहरु घाइते भएका छन् । ६५ वर्षकि बृध्दा महिला आकाशपति बरईको हातको औंला भाँचिएकोले सल्यक्रिया गर्नुपर्ने भएको छ । घटनाका पीडित धर्मेन्द्र बरई बेहोस अवस्थामा अस्पतालमा उपचाररत छन् ।

घटना भएपछि पीडितका तर्फबाट लिखित जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय तौलिहवा कपिलवस्तुमा पुगे । तर याे समाचार तयार पार्दासम्म घटनाको हप्ता दिन भएको छ । जिल्ला प्रहरी कार्यालय तौलिहवा कपिलवस्तुले पीडितले दिएको लिखित जाहेरी लिन मानिरहेको छैन । बरु प्रहरीले नै पीडितलाई पीडक र पीडकलाई पीडित बनाउने कसरतमा लागेको घटनाका पीडितहरुको गुनासो छ ।

यस घटना बारेमा ईलाका प्रहरी कार्यालय कपिलवस्तु पकडीका इन्चार्ज इन्स्पेक्टर कमल क्षेत्रीसँग घटनाको बारेमा जाहेरी दर्ता किन नगरेको भन्ने प्रश्नमा यस्तो कुटपिटको मुद्दा यहाँ हाम्रो इलाका प्रहरीमा दर्ता हुँदैन भन्दै जिल्ला प्रहरी तौलिहवामा जाहेरी दिन पठाएको छ्लफल र सहमति गराउने कोशिश गरेको भनेर ज्यानमार्ने उद्योग अन्तरगत यादवहरुमाथी सिधै मुद्दा चलाउनुपर्ने यस्तो गम्भीर प्रकृतिको कुरामा पनि गैरजिम्मेवारी जवाफ दिए ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय तौलिहवा, कपिलवस्तुका एसपी निरञ्जन दत्त भट्टले सोही घटनालाई यथार्थ न्याय प्रदान गर्नुको साटो त्यसलाई अन्यत्र तोडमोड गर्ने कोशिश गरिरहेका छन् । पीडितलाई न्याय दिनुको साटो उल्टै दुबै पक्षको जाहेरी आएको हुनाले मेलमिलाप गरेर सहमति गर्ने होइन भने मुद्दा अगाडि बढाउने भनेर हदैसम्मको गैरजिम्मेवारी तरिकाले कुरा गरेका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]