२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

दाेषीलाई तत्काल पक्राउ गरि कानुन अनुसार कार्वाही गर्न नेकपा माओवादी केन्द्रको माग

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक ०६, २०८१

 

दाङ । देउखुरी नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले गत असाेज २४ गते राप्ती गाउँपालिका वडा नं. १ भालुवाङकी ८ वर्षीया नाबालिकामाथि भएको बलात्कार घटनामा संलग्न दाेषीलाई तत्काल पक्राउ गरि कानुन अनुसार कार्वाही गर्न माग गरेको छ ।

मंगलबार कमिटीका अध्यक्ष नारायण प्रसाद शर्मा र सचिव वसन्त नेपालीले एक प्रेस विज्ञप्ति जारी गर्दै घटना सार्वजनिक भएको १३ दिन बितिसक्दा पनि प्रशासनले दोषी पत्ता लगाई कानून अनुसार कार्वाही गर्न नसकेको विषय प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख्य गर्नु भएको छ ।

त्यस्तै विज्ञप्तिमा घटना अत्यन्त निन्दनीय र दुःखद भन्दै सुरक्षाका लागि संवेदनशील क्षेत्र मानिने भालुवाङमा यस्तो जघन्य अपराध हुनु र दोषी सार्वजनिक गर्न नसक्नुले जनताको राज्यप्रतिको विश्वास गुम्दै गएको उल्लेख गरिएकाे छ ।

“यसअघि माओवादी केन्द्रले पार्टीका विभिन्न भातृ संगठन र जनवर्गीय मोर्चाहरुलाई आन्तरिक निर्देशनमार्फत पीडितलाई न्याय दिलाउन सक्रियताका साथ लाग्न र दोषीलाई सार्वजनिक गर्न दबाब दिन आग्रह गरेको थियो तर लामो समयसम्म पनि दोषीलाई पत्ता लगाउन नसकिएको प्रति पार्टीले गहिरो असन्तोष व्यक्त गरेको छ ।”- विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आन्दोलनरत सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद दिँदै यो अभियानमा पार्टीको ऐक्यबद्धता रहेको समेत बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]