२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कांग्रेस र एमालेका नेतालाई पनि छानबिन गरेर पक्राउ गर्नुपर्यो- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, कार्तिक ०६, २०८१

 

बाँके । नेपालगञ्ज राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याउन थालेको भनिएको अध्यादेश अनुपयुक्त भएको प्रतिक्रिया दिएका छन् ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा हुन थालेको कार्यक्रममा सहभागी हुन जाने क्रममा नेपालगञ्ज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउदा सबै दलहरुसँग छलफल गर्नुपर्नेमा त्यसो नगरी सरकारले बहुदलीय प्रजातन्त्र नै समाप्त पार्ने दुश्प्रयास गरेर अध्यादेश ल्याउन थालेको बताए ।

उनले भने,’मैले प्रधानमन्त्रीलाई भेटेर नै अध्यादेश उपयुक्त नहुने सल्लाह दिएको छु । सरकारले जबरजस्ती ल्याएमा त्यो आफ्नो खाल्डो आफै खनेको ठहरिनेछ ।’

अध्यक्ष लिङ्देनले एमालेले पार्टी कार्यालय बनाउन व्यवसायीसँग अरबको सम्पति लिनुलाई नैतिक भ्रष्टाचारको संज्ञा दिए । उनले थपे,’व्यवसायीले प्रधानमन्त्रीको पार्टीलाई अरबौंको जग्गा उपहार दिनु नैतिक रुपमा भ्रष्टाचार हो । यो गलत हो । ती व्यवसायीले खुशीले त्यो उपहार दिएका होइनन् ।’

लिङ्देनले प्रधानमन्त्रीलाई व्यक्तिगत रुपमा भेटेर व्यवसायीसँग जग्गा लिनुलाई आम जनताले राम्रो रुपमा नहेरेको सम्झाएको बताए ।

अध्यक्ष लिङ्देनले रवि लामिछाने पक्राउलाई अनुचित नभएको प्रतिक्रिया दिए । अभियोग लागेपछि सफाई दिनु पर्ने बताएका लिङ्देनले यस्ता अभियोग लागेका कांग्रेस र एमालेका नेतालाई पनि पक्राउ गर्नुपर्ने बताए ।

लिङ्देनले अहिलेको व्यवस्थाले अवस्था परिवर्तन नहुने भएकाले अवस्था सुधार्न व्यवस्था परिवर्तन गर्न आवश्यक रहेकाले राप्रपाले आन्दोलनको तयारी गरेको बताए । उनले राजादेखि माओवादीसम्म अटाउने व्यवस्था आवश्यक रहेको बताए ।

उनले प्रदेश संरचना खारेजी, जनप्रतिनिधिको संख्या कटौती हुन आवश्यक रहेको बताए । राप्रपाका नेताका छोराछोरीलाई राप्रपा नै बनाउने अभियान पनि थालेको अध्यक्ष लिङ्देनको भनाई थियो ।

राप्रपाका केन्द्रीय अध्यक्षलगायतको टीम आउदा बाँकेका ठूला संख्याका नेता तथा कार्यकर्ता स्वागत गर्न पुगेका थिएनन् । महामन्त्री डा. धवलशमशेर राणाको गृह जिल्ला बाँके भएको र राणालाई हालसालै संगठन विभागबाट हटाइएकोमा यहाँका नेता तथा कार्यकर्ता आक्रोशित रहेका छन् । यसप्रश्नमा अध्यक्ष लिङ्देनले एक व्यक्ति, एक पदको अवधारणा अनुसार र स्वास्थ्य अवस्थाले पनि साथ नदिएकाले राणाको जिम्मेवारीमा हेरफेर गरेको प्रतिक्रिया दिएका छन् ।

कर्णाली यात्रामा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका नेता आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]