२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

दाङमा राेकिरहेकाे बसलाई अर्काे बसले ठक्कर दिंदा ६ घन्टा राजमार्ग अबरूद्ध पछी खुला

Logo
बिदुर एमसी प्रकाशित बुधबार, कार्तिक ०७, २०८१

 

दाङ । भालुवाङ दाङकाे तुलसीपुरबाट काठमाडौं जाँदै गरेकाे ना ३ ख ७३९८ नम्बरकाे बस गढवा गाउँपालिका-१, धाेद्र (कालाकाटे)मा बिग्रिएर राेकिराखेकाे अवस्थामा काठमाडौंबाट महेन्द्रनगर तर्फ जाँदै गरेकाे सुदुर पश्चिम प्रदेश ०२-००१ ख १३६५ नम्बरकाे बसले गए राती करिब २ बजेकाे समयमा ठक्कर दिंदा राजमार्ग अबरूद्ध भएकाे थियाे ।

बसकाे ठक्करबाट समान्य घाइते भएका यात्रुहरूलाई भालुवाङमा समान्य उपचारपछि आर्काे गाडीकाे व्यवस्था गरेर घर पठाएकाे अस्थाई ट्राफिक प्रहरी कार्यालय भालुवाङका प्रमुख सालिकराम बुढाथाेकीले जानकारी दिनुभयाे । बसकाे ठक्करबाट अबरूद्ध रहेकाे पूर्व-पश्चिम राजमार्ग करिब ६ घण्टापछि सुचारू भएकाे छ । अस्थाई ट्राफिक प्रहरी कार्यालय भालुवाङ र अस्थाई प्रहरी चाैकी कालाकाटेकाे सक्रियतामा डाेजरकाे सहायतामा अबरुद्ध राजमार्ग सुचारू गरिएकाे प्रहरीले जनाएकाे छ । ठक्कर दिने बस चालकलाई भने प्रहरीले आफ्नाे नियन्त्रणमा लिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]