२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

हेटौडा सिमेन्ट उद्योग लगायत बिभिन्न स्थानहरुबाट चोरी गर्ने ८ जना पक्राउ ‍‍‍‍‍‍‍‍‍‍

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक ०९, २०८१

हेटौडा सिमेन्ट उद्योग लगायत बिभिन्न स्थानहरुबाट चोरी गर्ने ८ जना पक्राउ
‍‍‍‍‍‍‍‍‍‍

मकवानपुर । हेटौडा उपमहानगरपालिका वडा नं. ९ लामसुरे स्थित हेटौडा सिमेन्ट उद्योगबाट बिभिन्न साईजको बिजुलीको तामाको तारहरु चोरी गर्ने जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. १२ बस्ने बर्ष २२ को मनिराज थोकर, ऐ.वडा नं.१३ बस्ने बर्ष २८ को सन्त बहादुर तितुङ र ऐ.वडा नं.४ स्थितबाट कवाडी पसलका संचालक देश भारत मोतिहारी जिल्ला चिरैया थाना वडा नं. ७ बस्ने दिल खुश कुमार साहलाई मिति २०८१।०७।०७ गते पक्राउ गरिएको ।
मिति २०८१।०७।०३ गते जि.मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं.०८ कर्णावती मार्ग स्थित शिव गौतमको निर्माणाधिन घरबाट बिजुलीको तारहरु चोरी गर्ने ऐ.वडा नं. ८ बस्ने बर्ष २४ को सुशान्त श्रेष्ठ, बर्ष २६ को सुमन राई र बर्ष २५ को समिर घिमिरेलाई मिति २०८१।०७।०८ गते पक्राउ गरिएको । पक्राउ परेका सुशान्त श्रेष्ठले मिति २०८१।०६।१६ गते रातको समयमा जि.मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं.०८ क्याम्पा स्थित हेटौडा फन भिल्लाबाट साउण्ड सिस्टम १ थान, नगद रु.२०,०००।– र मिति २०८१।०७।०३ गते जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. २ स्थित रातो समाचार डट कम कार्यालय अगाडी बाट राजेश थापा क्षेत्रीको ना ३ प ४७३ नं. को यामाहा कम्पनीको मो.सा. चोरी गरेका थिए ।
मिति २०८१।०७।०८ गते इलाका प्रहरी कार्यालय मकवानपुरगढि मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मकवानपुरगढि गा.पा.वडा नं. २ स्थित शिखरकटेरी चोकबाट जिल्ला कञ्चनपुर बेलडी गा.पा.वडा नं. ३ घर भएका बर्ष २४ को राजेश्वर चौधरी र निजको मामा राहुल चौधरीले प्रदेश २-०१-००३ प ६१०५ नं.को मो.सा.मा लेनडांडाबाट ३७.२३ किलो सेतो धातुको बिजुलीको तार चोरी गरी हेटौडा तर्फ लादै गरेको अवस्थामा पक्राउ गरिएको ।
नोट : माथी उल्लेखित प्रतिबादीहरुलाई चोरी तथा डांका मुद्धा कसुरमा सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट ६ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]