०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

मेस्सीविनै बार्सिलोनाको सहज जित

Logo
प्रकाशित आइतबार, आश्विन १२, २०७६

असोज १२, काठमाडौं । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा १० खेलाडीमा समेटिएर पनि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–० गोलले हरायो ।

टोलीका कप्तान लियोनल मेस्सी र युवा स्टार अन्सु फातीविनै खेलेको बार्सिलोनाको जितमा लुईस स्वारेज र जुनियर फिर्पोले गोल गरेका थिए । मेस्सी र फातीलाई चोटका कारण टोलीमा समावेश नगरिएको हो । ४१औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अगाडी बढाए । ४९औं मिनेटमा फिर्पोले गोलगर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए ।

८२औं मिनेटमा क्लेमेन्ट लेङ्लेटले दोहोरो पहेंलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । तरपनि गेटाफेले गोल गर्न नसक्दा बार्सिलोना सजिलै विजयी भयो । जितसँगै बार्सिलोनाले सात खेलबाट १३ अंक जोडेको छ । बार्सिलोना चौथो स्थानमा छ । सात अंक बनाएको गेटाफे ११औं स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज  प्रकाशित गरेको सूचनाअनुसार  प्रहरी सहायक निरीक्षक (जनपद)तर्फ २११ पद असईमा नयाँ भर्ना आह्वान गरेकाे हाे ।  खुलातर्फ  ११४ जना मागेकाे छ भने  बाँकी पदहरू समावेशी समूहतर्फ राखिएको प्रहरीले जनाएको छ। असई पदका लागि […]

बाँके । नेपालगन्ज भारतबाट अवैध रुपमा भन्सार छली गरि ल्याइएको प्रतिबन्धित सामान खाने तेल ल्याउन पाइँदैन, प्रहरीले जफत नै गर्छ। यो नियम सबैका लागि बराबर हो। जमुनाहा नाकामा खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले आफ्नो ज्यान जोखिममा राखेर देशको कानुनको रक्षा गरिरहेका छन्। राज्यको कानुन कार्यान्वयन गर्ने राष्ट्रसेवक कर्मचारीमाथि हातपात र गालीगलौज गर्नु अत्यन्तै निन्दनीय […]

दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र अन्तरगत पर्ने भालुवाङ बजार नजिकै अर्घाखाँचीको सितगंगा नगरपालिका–८ सातमारामा विश्वकर्मा भगवानको मन्दिर निर्माण गरियो । आफ्नै बजेटमा त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले सामाजिक सामाजिक परोपकार सम्झिएर मन्दिरको निर्माण प्रक्रिया अगाडि बढाएको थियो । मन्दिर निर्माता त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले करिब ६ लाख रकम बराबरको लागतमा नेपाल पत्रकार महासंघ लुम्बिनी […]