१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी कृष्णहरी शर्मा जिल्ला प्रहरी रामेछापको निरीक्षणमा

Logo
सागर थापा प्रकाशित शनिबार, मंसिर १५, २०८१

 

काठमाडौं । बागमती प्रदेश प्रहरी प्रमुख डीआइजी कृष्ण हरि शर्माले बागमती प्रदेश मातहतका प्रहरी कार्यालयहरुको निरिक्षण एवं अवलोकनका क्रममा जिल्ला प्रहरी कार्यालय रामेछापमा पुगेर प्रहरी कर्मचारिहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

साथै व्यवसायिक कार्यदक्षताले भरिपुर्ण प्रहरी कर्मचारीहरुबाट मात्रै नेपाल प्रहरी संगठनले अंगिकार गरेका उदेश्यहरु पुरा हुने बताउदै हरेक प्रहरी कर्मचारीहरु दिन प्रतिदिन आफुलाई परिष्कृत गर्दै आचरणयुक्त प्रहरी कर्मचारिका रुपमा आफुलाई स्थापित गर्दै लैजानुको विकल्प नरहेको समेत बताउनु भयो ।

सोहि अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछाप प्रमुख डिएसपी प्रदिप सिंहले डिआईजीलाई समग्र जिल्ला अन्तर्गतको शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन एवं जनशक्ति व्यवस्थापन , अपराध अनुसन्धान लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १० गणेशमान चोकस्थित नेपालगञ्ज भन्सार सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा प्रवर्द्धनका लागि संयुक्त लापसे परीक्षण गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जको सहकार्यमा गरिएको परीक्षणमा ४० वटा सवारीका चालक तथा सह-चालकलाई ड्रग […]

दाङ । घोराही उपमहानगरपालिका–१६ मघैस्थित प्रगतिशील टोल विकास संस्थाले गाउँमा रातको समयमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न युवाहरूको सहभागितामा ‘मघै गाउँ सुरक्षा समिति’ गठन गरेको छ। टोल विकास संस्थाका अध्यक्ष मुनुलाल चौधरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा सम्पन्न गाउँलेहरूको भेलाले सुरक्षा […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी लगायत मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका सीमा नाकाहरूको अनुगमन गर्नुभएको छ।