१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

सिरहामा तस्करले हत्या गरेका सशस्त्र प्रहरीका सई यादवको अन्तिम विदाई पूर्व वडाध्यक्ष सहित २ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर १९, २०८१

सिरहामा तस्करले हत्या गरेका सशस्त्र प्रहरीका सई यादवको अन्तिम विदाई पूर्व वडाध्यक्ष सहित २ जना पक्राउ

सिरहा । बरियारपट्टि गाउँपालिका वडा नम्बर १ कचनारी बोर्डरस्थित चेकजाँचको क्रममा रहेका सशस्त्र प्रहरीका सई लक्ष्मण यादवलाई दारु बोकेको गाडी तस्करको गाडीले ठक्कर दिएर मारेको थियो ।

सिरहाको बिओपी बडहरीबाट खटेका यादवलाई ठक्कर दिएपछि गम्भिर घाईते बनेका थिए । गम्भीर घाईते भएका सई यादवलाई उपचारका लागि एम्बुलेन्समा राखी प्रादेशिक अस्पताल लहानमा लगिएको थियो । विहान ४ बजे चिकित्सकद्वारा मृत घोषणा गरियो ।

नेपाल–भारत सीमादेखि करिब डेढ किलोमिटरको दुरीमा भएको सो घटनामा विभिन्न क्लु, प्रमाणहरु अध्ययनपछि तस्करी गर्ने गाडी भारतीय नम्बर प्लेटको रहेको भेटिएको हो । सो गाडी सिरहाका नामुद तस्करको मदिरा ढुवानीमा प्रयोग भएको बताइएको छ ।

सो घटनामा संलग्न रहेको ब्यक्तिहरु र सई यादवलाई ठक्कर दिने गाडीको नम्बरसहित गाडी समेत पत्ता लागिसकेको प्रहरी स्रोतले बताएको छ। यस घटनामा सिरहाका नामुद तस्कर मानिएका सन्तोष यादव र मनोज यादवलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सँतोष यादव सिरहा गोलबजारका दारु व्यापारी हुन । उनी कैयौँ बर्षदेखि बोर्डर छेउको झाँझपट्टिस्थित बेनामी गोदामबाट करोडौँको मदिरा तस्करी गर्दै आएको खुलेको छ । सोहीसँगै पक्राउ परेका मनोज कुमार यादव पूर्व वडाध्यक्ष हुन् । सिरहा नवराजपुर गाउँपालिका वडा नम्बर ५ बाट २०७९ सालको स्थानीय तहको चुनावमा प्रत्यासी बनेपछि उनी खर्च धान्न तस्कर बनेको बताईन्छ ।

जानकारी अनुसार, मनोज कुमार यादव पूर्व प्रहरी पनि हुन् । नेपाल प्रहरीमा काम गरिसकेका मनोज यादवले चुनाव लडेपछि राजनीतिमा आएका थिए । २०७४ सालको चुनाव जितेका मनोज यादव दोस्रो स्थानीय तहको चुनावमा हारेपछि उनी मदिरा तस्करीमा संलग्न भएका थिए । उनलाई समेत पक्राउ गरिएको छ । अझै दुई जना भने फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहा एसपी रमेश पण्डितले सो घटनामा आफ्नो मातहत प्रहरी खटाएर अपराधी पत्ता लगाउन सफल भएका हुन् । सिरहा प्रहरीले घटनाको २४ घण्टा नबित्दै घटनामा संलग्न दुई जना शंसकित व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो ।

यस घटनामा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवम् डिएसपी बिरेन्द्र पासवानले आफ्नो कमाण्डमा खटाइएको प्रहरीहरुको सहयोगमा सो उनीहरुलाई पक्राउ गरेको हो । ठक्कर दिने भारतीय नम्बर प्लेटको गाडी समेत नेपाल ल्याउने तयारी गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १० गणेशमान चोकस्थित नेपालगञ्ज भन्सार सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा प्रवर्द्धनका लागि संयुक्त लापसे परीक्षण गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जको सहकार्यमा गरिएको परीक्षणमा ४० वटा सवारीका चालक तथा सह-चालकलाई ड्रग […]

दाङ । घोराही उपमहानगरपालिका–१६ मघैस्थित प्रगतिशील टोल विकास संस्थाले गाउँमा रातको समयमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न युवाहरूको सहभागितामा ‘मघै गाउँ सुरक्षा समिति’ गठन गरेको छ। टोल विकास संस्थाका अध्यक्ष मुनुलाल चौधरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा सम्पन्न गाउँलेहरूको भेलाले सुरक्षा […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी लगायत मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका सीमा नाकाहरूको अनुगमन गर्नुभएको छ।