१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

सोमबारको राशिफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, मंसिर २४, २०८१

 

दाङ । तुल्सीपुर मेष : आफन्त विपक्षी कित्तामा पुग्दा तपाईंको कामको विरोध हुनेछ। चिसोबाट सचेत बन्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृष : आफ्नै बोलीका कारण साथीहरु टाढा हुनसक्छन्। स्वास्थ्यले साथ दिने दिन छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वदेशको भन्दा विदेश रमझमले मन आकर्षित गर्नेछ। लगानी गरेको भए स्वदेशमा भन्दा विदेशमा फाइदा हुनेछ।

मिथुन : दिन समान्य छ। नियमित काम सहजै बन्नेछ। राज्यको तर्फबाट भने भय हुने दिन छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। छिमेकको शुभकार्य देखेर मन खुशी हुनेछ।

कर्कट : दिन राम्रो छ। घर व्यवहारमा समस्या भए पनि स्वास्थ्यमा सुधार हुनेछ। भूमि सम्बन्धी कारोबारमा घाटा हुनसक्छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। धार्मिक क्षेत्रको लगाब बढ्नाले मनमा शान्ति मिल्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। आफ्ना दैनिकी भन्दा ठुलो काम नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा ख्याल नगर्दा समस्या हुनसक्ने जोखिम छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ। परकोपरकामा सहभागी भएमा मन खुशी हुनेछ।

कन्या : दिन राम्रो छ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। निजी क्षेत्रमा गरेको शिक्षाको लगानीबाट प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धी साथी शान्त भएकाले काम गर्ने मौका मिल्नेछ।

तुला : दिन सामान्य छ। साना कुराले मनमा खटपटी बढ्नेछ। सम्पत्ति बढे पनि इज्जतमा भने दाग लाग्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए ढिला गरी प्रगति हुनेछ। शरीरमा अल्छीपना बढ्नेछ। सूर्यलाई अर्घ गरेर कामको सुरुवात गरेमा दिन सहज बन्नेछ।

वृश्चिक : दिन सहज छ। आफूभन्दा ठुलासँगको भेटले मन खुशी हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा रोजगारीको अवसर देखेर मन खुशी हुनेछ। परिवारमा कर्तव्य पूरा गर्नु मात्र उचित हुनेछ।

धनु : दिन राम्रो छ। विदेशको रमझमले मन आकर्षि हुनेछ। तपाईंले गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। आज बनेको योजना सफल बन्नेछ। समय दिन नसक्दा परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

मकर : दिन सामान्य राम्रो छ। दैनिकी सहज बन्नेछ। दाजुभाइसँगको सहकार्यमा अगाडि बढेमा व्यापारमा लाभ हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त गर्न समय लाग्नेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कुम्भ : धनस्थानमा चन्द्रमा पुगेकाले लाभ हुने दिन छ। चिसोका कारण हुने रोगले सताउने जोखिम छ। खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। परिवारको निगरानीमा भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। राज्यको तर्फबाट भने सुविधा बढ्नेछ।

मीन : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। जसले गर्दा मनमा आनन्द आउनेछ। साथीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सकारात्मक ढंगले अगाडि बढ्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

ज्योतिषाचार्य तथा वास्तुविद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र: तुलसीपुर, क-लाइन, जेसिस चोक, दाङ
फोन नं.: 9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १० गणेशमान चोकस्थित नेपालगञ्ज भन्सार सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा प्रवर्द्धनका लागि संयुक्त लापसे परीक्षण गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जको सहकार्यमा गरिएको परीक्षणमा ४० वटा सवारीका चालक तथा सह-चालकलाई ड्रग […]

दाङ । घोराही उपमहानगरपालिका–१६ मघैस्थित प्रगतिशील टोल विकास संस्थाले गाउँमा रातको समयमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न युवाहरूको सहभागितामा ‘मघै गाउँ सुरक्षा समिति’ गठन गरेको छ। टोल विकास संस्थाका अध्यक्ष मुनुलाल चौधरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा सम्पन्न गाउँलेहरूको भेलाले सुरक्षा […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी लगायत मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका सीमा नाकाहरूको अनुगमन गर्नुभएको छ।