०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

‘टुना मुना’बोल गीतको म्यूजिक भिडियो सार्वजनिक

Logo
प्रकाशित शुक्रबार, मंसिर १३, २०७६

मंसिर १३ , काठमाडौँ  ।  ‘टुना मुना’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पछिलो समयमा पाश्र्व गायन र आधुनिक गीतमा निकै प्रभाव जमाएकी गायिका बिन्दु परियार, गायक मौसम गुरुङ र सुनिल पाठकको स्वर रहेको गीतमा दिपक बसन्त कार्कीको शब्द तथा संगीत रहेको छ ।

सुन्दा निकै आनन्द आउने र नाचौं नाचौं लाग्ने गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । यस म्युजिक भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् भने अर्जुन तिवारलिे छायांकन गरेका हुन् ।

आशिष अबिरलको को म्युजिक एरेन्जमेन्टमा तयार गीतको भिडियोमा निकै लोकप्रिय अनुहारहरु दुर्गेश थापा र बर्षा शिवाकोटीको नृत्य तथा अभिनय रहेको छ ।

गीतको अडियो तथा भिडियो निकै उत्कृष्ट बनेको हुँदा सांगीतिक बजारमा यो गीतको माग निकै बढ्न सक्ने अनुमान लाउन सकिन्छ । रक्स कुशलको कोरियोग्राफि रहेको भिडियोको सम्पादन भने बिकाश ज्ञवालीको रहेको छ।

https://youtu.be/kah6kfdRiyQ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलिले गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर र वडा नं. २ सुर्खेत रोडस्थित ३ वटा स्पा सेन्टरमा छापा मारेर भारतीय नागरिक गुडिया खान, दुर्गा थारु तर्कराज देवकोटालाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न उमेरका नाबालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोप छ। बाँके प्रहरीले पीडित बालबालिकाको उद्धार गरेको […]

बाँके । सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलद्वारा बाँके बर्दिया स्थित सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको औपचारिक निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षणका क्रममा भएका मुख्य कामहरू: बाँके र बर्दियाका विभिन्न बीओपी, गुल्म र बाहिनी मुख्यालयको स्थलगत निरीक्षण गर्दै सुरक्षा व्यवस्था, ब्यारेक, अभिलेख र हातहतियारको अवस्थाबारे जानकारी लिनुभयो। आवश्यक […]