०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

आईजिपी पौडेलद्वारा बाँके बर्दिया सीमा सुरक्षा, तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा थप सक्रिय हुन निर्देशन,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र ०९, २०८३

बाँके । सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलद्वारा बाँके बर्दिया स्थित सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको औपचारिक निरीक्षण भ्रमण गर्नुभएको छ ।

निरीक्षणका क्रममा भएका मुख्य कामहरू:

बाँके र बर्दियाका विभिन्न बीओपी, गुल्म र बाहिनी मुख्यालयको स्थलगत निरीक्षण गर्दै सुरक्षा व्यवस्था, ब्यारेक, अभिलेख र हातहतियारको अवस्थाबारे जानकारी लिनुभयो।

आवश्यक निर्देशन खटिएका जवानहरूको मनोबल उच्च राख्दै अनुशासन, जिम्मेवारी र सेवाभावका साथ काम गर्न निर्देशन दिनुभयो। सीमा सुरक्षा, तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा थप सक्रिय हुन आग्रह गर्नुभयो।
सरोकारवालासँग अन्तरक्रिया सीमा नाकालाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने विषयमा जिल्ला सुरक्षा समिति, भन्सार प्रशासन, अध्यागमन र स्थानीय प्रशासनका प्रमुखहरूसँग छलफल गर्नुभयो।

महानिरीक्षक पौडेलको भनाइ:
“सीमा क्षेत्रमा हुने राजश्व चुहावट, अवैध ओसारपसार र अपराध नियन्त्रणका लागि सबै सुरक्षा निकायबीच समन्वय र आधुनिक प्रविधिको प्रयोग आवश्यक छ। सम्पूर्ण नाकालाई स्मार्ट नाकाको रूपमा विकास गर्ने सशस्त्र प्रहरीको योजना छ।”

उहाँले नाकामा हुने चेकजाँचलाई प्रभावकारी बनाउन र जनतालाई सेवा प्रवाहमा सहजता दिन सरोकारवाला सबै निकायलाई आग्रह गर्नुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलद्वारा बाँके बर्दिया स्थित सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको औपचारिक निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षणका क्रममा भएका मुख्य कामहरू: बाँके र बर्दियाका विभिन्न बीओपी, गुल्म र बाहिनी मुख्यालयको स्थलगत निरीक्षण गर्दै सुरक्षा व्यवस्था, ब्यारेक, अभिलेख र हातहतियारको अवस्थाबारे जानकारी लिनुभयो। आवश्यक […]

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा मलाई अत्यधिक मतका साथ सदस्य पदमा विजयी गराउनुहुने सम्पूर्ण उद्योगी-व्यवसायी,पत्रकार मतदाता, सहयोगी, साथीभाइ तथा शुभचिन्तकहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु। तपाईंहरूले दिनुभएको अमूल्य समय, साथ र विश्वासले मेरो काँधमा अझ ठूलो जिम्मेवारी थपेको छ। यो विजय मेरो मात्र नभई नेपालगञ्जका सम्पूर्ण व्यवसायीको जित हो। […]

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]