१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

प्रहरी जवानले आफैंमाथि गोली चलाउँदा गम्भिर घाइतेको धनगढीबाट नेपालगन्ज रिफर,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, पुष १२, २०८१

 

कंचनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ आफैंमाथि गोली चलाएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्ष उमेश जोशीका अनुसार प्रहरी जवानले निधारमा गोली हानेका हुन्।

जिप्रकाको प्रवन्ध शाखा ( भण्डार कक्षा)को जिम्मेवारीमा रहेका प्रहरी जवानले शाखामा कोही नभएको बेला त्यही रहेको पेस्तोलले आफूलाई गोली हानेका थिए । टाउकोमा गोली लागेका न्यौपानेलाई उपचारका लागि धनगढी स्थित नवजिव अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए ।

अहिले धनगढीबाट उनलाई थप उपचारको लागि नेपालगञ्ज रेफरको तयारी भइरहेको छ । ‘निधारको साइडबाट गोली पार भएको छ हड्डीमा लागेको छ भित्र रगत जमेको छ’, मेडिकल अफिसर भीष्मा भट्टले भनिन्, ‘थप उपचारको लागि नेपालगञ्ज लैजाने  तयारी हुँदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–५ त्रिवेणी टोलमा स्थानीयवासीको सक्रियतामा सुरु भएको खेलमैदान निर्माण अभियानले ‘घोराही बनाऔँ अभियान’को साथ पाएपछि थप गति लिएको छ। बुट्यान, भिरालो जमिन तथा खाल्डाखुल्डी रहेको करिब २ बिघा १० कठ्ठा क्षेत्रफलको जग्गालाई सदुपयोग गर्दै स्थानीयवासीले भविष्यमा सुविधासम्पन्न खेलमैदान तथा स्टेडियम निर्माण गर्ने लक्ष्यसहित अभियान अघि बढाएका हुन्। नजिकै जनसेवा सामुदायिक वन रहेकाले […]

दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा पर्ने राप्ती गाउँपालिका–९ देविकोटमा रहेको धार्मिक तथा पर्यटकीय स्थल भद्राक्षी देवी मन्दिर पुग्ने सडकको अवस्था वर्षौंदेखि दयनीय रहँदा स्थानीयवासी, शिक्षक, कर्मचारी तथा मन्दिर दर्शन गर्न जाने श्रद्धालु भक्तजनले सास्ती खेप्दै आएका छन्। देविकोटमा अवस्थित भद्राक्षी देवी मन्दिरमा सतीदेवीको बायाँ गोडा पतन भएको धार्मिक विश्वास रहँदै आएको […]

काठमाडौं । नेपाल प्रहरीको नियमित सरुवा रोकिएको छ। विभिन्न जिल्लाका प्रहरी इन्चार्जहरुको एक वर्ष अवधि पुगेपनि अझै सरुवा हुन सकेको छैन । गत वर्ष भदौको अन्तिममा विभिन्न जिल्लाका प्रमुखहरुको सरुवा भएको थियो। उनीहरु सरुवाको पर्खाईमा छन्। तर, प्रहरी नेतृत्व र गृह मन्त्रालयबिच कुरा नमिल्दा सरुवा हुन सकेको छैन । स्रोतका अनुसार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले […]