२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

मेलालाई मध्यनजर गर्दै दाङ प्रहरी र जिल्ला ट्राफिक प्रहरीले विशेष सुरक्षा चेकजाँचमा कडा

Logo
सागर थापा प्रकाशित सोमबार, पुष २९, २०८१

दाङ । घोराही उपमहानगरपालिका १३ मा रहेको बाह्रकुने दहमा प्रत्येक बर्ष लाग्ने मेलालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विशेष सुरक्षा योजना अघि सारेको छ । मेलामा हुन सक्ने सम्भाबित घटना रोक्नको लागि विशेष सुरक्षा योजना अघि सारिएको दाङ जिल्ला प्रहरी दाङका प्रबक्ता एवं डिएसपी ईश्वर थापाको कमान्डमा जिल्लाभर खटिने नेपाल प्रहरी ट्राफिक प्रहरी टोलीले पर्यटकिए एवं धार्मिक स्थल बाह्रकुने दह र लमही नगरपालिका वडा नम्बर ९ मा रहेको श्री बगरबाबा धार्मिक पर्यटकीय क्षेत्रलाई रिहार मन्दिर मेलामा माघे सन्क्रान्तीको दिनमा लाग्ने मेलाका साथै घोराही उपमहानगरपालिका क्षेत्रका सबै वडाहरुमा र राजमार्ग सडकहरुमा समेत चौबिसै घन्टा मोबाइल गस्ती समेत परिचालन गर्ने डिएसपी थापाले बताए ।नेपाल प्रहरी सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान लगाएतको नेतृत्वमा सयौं जनाको प्रहरी टोलि समेत परिचालन गरिएको छ ।

घोराही आसपासका वडाहरुमा मोटरसाइकल र घुम्ती गस्ती टोलि समेत परिचालन गर्ने छ । पुस २९ गते देखि नै विशेष टोलि परिचालन गर्ने दाङ प्रहरीले जनाएको छ । चार्डपर्वको बेला होहल्ला गर्ने र समाजमा असान्त मच्चाउने कृयाकलाप गर्ने ब्यक्तिहरुलाई पक्राउ गरि कार्वाहीको दायरामा ल्याउने दाङ प्रहरीले बताएको छ ।                                                                                    जिल्लाभर साथै सादा पोसाकमा २४ घन्टा प्रहरी परिचालन गरिएको समेत उनले बताएका छन । माघी चाडपर्वमा शान्तिपुर्वक मनाउन र समाजमा खलल पुग्ने कृयाकलापहरु नगर्न समेत सबैमा आग्रह गरिएको छ । साथै यता जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले तीब्र गतीमा सवारी साधन र मोटरसाइकल चलाउने हरुलाई समेत निगरानी र छड्के मापसे चेकिङ्ग बेथर लाइजर सहित दाङ जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरीले सयुक्त कार्वाही गर्ने दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

error: Content is protected !!