२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

निकै लामो रस्साकस्सी पछि नेपाल प्रहरीका २५ जना एसपीहरू (एसएसपी) पदमा बढुवा

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, माघ ०१, २०८१

काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका प्रहरी उपरीक्षक (एसपी) हरूलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा गरिएको छ ।

आज बसेको बढुवा समितिको बैठकले गरेको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ को नियम २७ को उप(नियम (४) अनुसार २५ जना प्रहरी उपरीक्षकहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो।

बढुवा सूची अनुशार पहिलो नम्बरमा रमेश थापा रहेका छन् भने दोस्रो नम्बरमा अजय के.सी. रहेका छन् । त्यसैगरी तेस्रो नम्बरमा अनुपम शम्शेर ज.ब.रा., चौथो नम्बरमा बीर बहादुर बुढामगर र पाँचौमा नवराज अधिकारी रहेका छन् ।

निकै लामो रस्साकस्सीपछि गृह मन्त्रालयस्थित बढुवा समितिको सचिवालयले बढुवा प्रक्रिया टुंगो लगाएको छ। रिक्त दरबन्दीहरूमा लामो समयसम्म बढुवा नहुँदा करियर पथमा गम्भीर असर पर्ने भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गर्दै आएका थिए। यसैक्रममा, गृह सचिव गोकर्णमणि दुवाडी र आईजीपी बसन्त बहादुर कुँवरले बढुवा प्रक्रिया ढिलाइ नगर्न बारम्बार जोड दिँदै यसलाई शीघ्र टुंग्याउने प्रयास गरेका थिए।

तर निकै ठूलो शक्ति संघर्षका कारण पार पाउन सकेको थिएन ।

जति धेरै समय लम्बियो, त्यति नै जटिल र असरकारी बनेको चौतर्फी दबाबका बीच सोमबार रातिसम्म बसेको बैठकले बढुवा प्रक्रिया टुंग्याएको छ। पछिल्ला दिनहरूमा को कति नम्बरमा पर्न सक्ने भन्ने विषयले बढुवा प्रक्रियालाई झन् पेचिलो बनाएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

error: Content is protected !!