२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

चालकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको ट्राफिक प्रमुख सुधीर खड्काको अनुरोध,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, माघ ०२, २०८१

बर्दिया । गुलरिया १. मा.प.से./ला.प.से गरेर सवारी साधन नचलाउने ।
२. सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने ।
३. हेलमेट तथा हेलमेटको फित्ता राम्रो सँग लगाउने ।
४. चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनिले आफ्नो सवारी साधन नदिने ।
५. चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने ।
६. लापरवाहीका साथ तीब्र गतिमा सवारी साधन नचलाउने ।
७. आफु यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पुर्व जानकारी लिने ।

८. रातको समयमा सडकमा छाडा चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर सवारी चलाउने ।
९. सडकमा राखिएका सडक संकेत चिन्हहरू हेरेर सवारी चलाउने ।
१०. बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिने ।
११. सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ छैन चेकजाँच गरेर मात्र सवारी चलाउने ।
१२. हतारमा सवारी नचलाउने ।
१३. जथाभावी ओभरटेक नगर्ने ।
१४. तोकिएको निश्चित स्थानमा मात्र सवारी रोक्ने तथा पार्किङ गर्ने ।
१५. Breaking Distance राखेर मात्र सवारी चलाउने ।
१६. सवारी चलाउँदा मोवाईल फोनमा कुराकानी नगर्ने ।
१७. अन्य सवारी साधनसँग प्रतिस्पर्धा गरेर सवारी नचलाउने ।
१८. Modify गरेर सवारी साधन नचलाउने।
१९. सवारी साधन चलाउँदा सडकमा रहेका खाल्डाखुल्डिहरू तथा सडकको अवस्था समेतलाई ध्यान दिएर सवारी चलाउने ।
२०. सवारी दाँया वा बाँया मोड्नु परेमा साईड लाईट ( Indicator) को सहि प्रयोग गर्ने ।
२१. बाक्लो हुस्सु लागेको समयमा हेडलाईट बालेर विस्तारै आफ्नो साईडबाट सवारी चलाउने ।
२२. रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउने ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुधीर खड्काको सबैलाई अनुरोध छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

error: Content is protected !!