२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

पाकिस्तानले भेटायो सुनको ठूलो सुनखानी भण्डार,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ ०३, २०८१

काठमाडौं । पाकिस्तानको पञ्जाब सरकारले ७०० अर्ब पाकिस्तानी रुपैयाँभन्दा बढीको सुनको ठूलो भण्डार फेला पारेको दाबी गरेको छ । पञ्जाब प्रान्तका खानी तथा खनिज मन्त्री सरदार शेरअली गोर्चानीले पञ्जाबको अटक जिल्लामा २८ लाख तोला (३२ हजार ६५८ किलो) बराबरको सुनखानी फेला पारेको जानकारी दिए ।

उनका अनुसार पाकिस्तानको भूगर्भ सर्वेक्षणले गत वर्ष अटकमा सुनको भण्डारको अध्ययन थालेपछि त्यहाँ ठूलो परिमाणमा सुन फेला पारेको हो । मन्त्री गोर्चानीका अनुसार अन्तर्राष्ट्रिय बजारमा सो सुनको मुल्य ६०० देखि ७०० अर्ब पाकिस्तानी रुपैयाँ रहेको दाबी गरेका छन ।

उनले सुनको लिलामीका लागि सरकारले नियम बनाएको र एक महिनाभित्र यो प्रक्रिया सुरु हुनेसमेत बताए । यस सम्बन्धमा पाकिस्तानको भूगर्भ सर्वेक्षणले अटकका १२७ स्थानमा नमूना सङ्कलन गरेको थियो । उनले यो खोज पाकिस्तानको खनिज सम्पदाको पर्दाफास गर्ने महत्वपूर्ण पाइला भएको र यसले देशलाई आर्थिक रुपमा बलियो बनाउनुका साथै आगामी पुस्ताका लागि नयाँ अवसरको सम्भावना पनि सृजना गरेको बताए । यदि कुनै देशको मुद्रा अन्तर्राष्ट्रिय रूपमा कमजोर छ भने सुनको भण्डारले त्यस देशको क्रयशक्ति र आर्थिक स्थिरता कायम राख्न मद्दत गर्दछ। सुनको धेरै सञ्चिति हुनु भनेको देशको अर्थतन्त्र बलियो हुनुको प्रमाण पनि हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

error: Content is protected !!