२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, माघ ०५, २०८१

काठमाडौं । सामुदाय – प्रहरी साझेदारी अभियान अन्तर्गत प्रहरी वृत्त मालीगाउँ, प्रहरी वृत्त महाराजगंज र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको संयुक्त आयोजनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं. ४ मा अवस्थित बैष्णबी टुँडालदेवी माताको मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नुका साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई चिर्न नागरिकको भुमिका पुलको रुपमा रहेको हुनाले यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनहरुमा समुदाय एवम् विद्यालयस्तरमा समेत यस्ता कार्यक्रममा तिव्रता गर्नु पर्नेमा विशेष जोड दिनुभयो । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदाय र प्रहरीको हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै प्रहरी र नागरिकले एक आपसमा सहयोग, सहकार्य एवम् समन्वयले मात्र समाजमा शान्ति सुरक्षमा थप मजबुत हुने बताउनु भयो ।

साथै प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिनेबारे जानकारी समेत गराउनु भयो ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव श्याम मैनालीले अन्तरक्रिया कार्यक्रमको महत्व बारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक बसन्त रजौंरेले प्रहरी कार्य सम्बन्धी उठेका जिज्ञासाहरुको निरुपरण गर्नुभएको थियो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंका अध्यक्ष राम प्रसाद न्यौपानेले धन्यवाद मन्तव्य प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा संविधान सभा सदस्य रमा गुरागाई, पूर्व महालेखा परीक्षक तथा नेपाल सरकारका पूर्व सचिव मधु सुदन ढकाल, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरु, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक, स्थानिय जनप्रतिनिधिहरू, प्रहरी कर्मचारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

error: Content is protected !!