१९ माघ २०८२, सोमबार
02-02-2026 , Mon
×

नेपाली मिडिया जगत छापा र पत्रिकाहरू संकटको अवस्थामा डिजिटल मिडिया व्यापक विस्तार हुँदै,

Logo
पाण्डव शर्मा प्रकाशित आइतबार, माघ ०६, २०८१

 

दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ ।

डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया जगतकै विरुद्धमा प्रहार गर्न उद्देलित भएकाे छ ।

मिडिया क्षेत्रमा परेकाे संकटले तत्कालका लागि सञ्चारकर्मीहरूलाई अफ्ठेराे परेकाे देखिए पनि यसकाे दूरगामी असर निकै घातक हुन्छ । मिडिया क्षेत्र कमजोर हुनु भनेकाे लाेकतन्त्र, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता र समग्रमा नागरिककाे सुसुचित हुन पाउने अधिकार कुण्ठित हुनु हो ।

मिडिया क्षेत्रको प्रवर्द्धनका लागि राज्य, सञ्चारकर्मीहरू, नागरिक समाज र समग्र समाजले हातेमालो गर्दै अगाडि बढ्नुको विकल्प छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार भएको जवान पदको लिखित परीक्षामा अर्काका नाममा परीक्षा दिइरहेका १२ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको छ । उक्त परीक्षामा सक्कली परीक्षार्थीको सट्टामा नागरिकता र प्रवेश पत्रमा फोटो […]

अहिले मोटोपनको कारण विश्वमा भयावह स्थिति सिर्जना भएको छ । सुविधासम्पन्न जीवनशैली तथा खानपानसम्बन्धी न्यून ज्ञानका कारण धेरै मानिस मोटोपनको समस्याबाट ग्रसित छन् । कुनै पनि मानिसको तौल तथा उचाइको अनुपात २५ वा सोभन्दा बढी भएमा उसलाई मोटोपनको समस्या भएको बुझिन्छ । मोटोपनका कारण शरीरमा अन्य धेरै नसर्ने दीर्घकालीन रोगहरू ह्दयाघात, पक्षघात, मधुमेह, उच्च रक्तचाप, […]

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ। गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो। आजदेखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र उक्त […]

error: Content is protected !!