२६ कार्तिक २०८३, बिहिबार
12-11-2026 , Thu
×

मकवानपुरमा यात्रुवाहक माइक्रोबस भिरमा खस्दा चालकसहित १० जनाको मृत्यु, ५ जना घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक २६, २०८३

 

मकवानपुर । भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी कुलेखानी काठमाडौं सडकखण्डमा यात्रुवाहक माइक्रोबस करिब ५०० मिटर तल भिरमा खस्दा चालकसहित १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

आज बिहान ५:४५ बजे काठमाडौंबाट सर्लाही जाँदै गरेको म.प्र.०३-००१ ज ०८८० नम्बरको यात्रुवाहक माईक्रोबस दुर्घटनामा परेको हो।

दुर्घटनामा चालकसहित १० जनाको मृत्यु भएको र ५ जना घाइतेको उद्धार गरिएको छ। घाइते तथा मृतकको विस्तृत विवरण आउन बाँकी रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । पशुपतिनाथ मन्दिरको दर्शनका लागि नेपाल आएका भारतीय नागरिक तथा मोटो भ्लगर (Moto Vlogger) सोनु मालीको चोरी भएको मोटरसाइकल खोजतलास गरी हस्तान्तरण गरिएको छ। प्रहरीले खोजतलास गरी फेला पारेको मोटरसाइकल मालीला हस्तान्तरण गरेको हो। मोटरसाइकल फिर्ता पाएपछि मालीले नेपाल प्रहरीलाई धन्यवाद व्यक्त गरेका छन्। नेपाल भ्रमणमा आएका पर्यटकको सुरक्षामा प्रहरी सक्रिय रहेको र […]

  एजेन्सी । भारतको हिमाचल प्रदेशस्थित मण्डी जिल्लाको मेहर गाउँ नजिकै प्याराग्लाइडिङ गर्ने क्रममा उच्च भोल्टेज विद्युत् तारमा अड्किएका ४८ वर्षीय रुसी नागरिक एलेक्सी इभाखिनको सकुशल उद्धार गरिएको छ। बिर बिलिङबाट उडान भरेका उनी करिब २५० फिट उचाइमा विद्युत् तारमा अड्किएपछि उद्धार अभियान सञ्चालन गरिएको थियो। राष्ट्रिय राजमार्ग प्राधिकरण (NHAI), राज्य विपद् प्रतिकार्य बल (SDRF), […]

नेपाल-भारत सीमा क्षेत्रमा जङ्गली हात्तीहरु नेपालतर्फ प्रवेश गर्ने निरन्तर प्रयास,भगाउने तयारी झापा । हात्तीको प्रवेश रोक्न सशस्त्र प्रहरी बल, नेपाल बीओपी बाहुनडाँगी, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, र्‍यापिड रेस्पोन्स टिम (RRT), अन्य संघसंस्था तथा स्थानीय किसानहरू सक्रिय रूपमा परिचालित भएका छन्। हात्तीलाई नेपालतर्फ प्रवेश गर्न नदिन सुरक्षाकर्मी, वन कर्मचारी तथा स्थानीयवासीले विभिन्न उपकरण […]