२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

टाइमकार्ड पालना नगर्ने सय भन्दा बढी सवारी चालकहरु दाङ प्रहरीको कारबाहीमा दुर्घटनामा कमि हुँदै,

Logo
सागर थापा प्रकाशित सोमबार, माघ ०७, २०८१

टाइमकार्ड पालना नगर्ने सय भन्दा बढी सवारी चालकहरु दाङ प्रहरीको कारबाहीमा दुर्घटनामा कमि हुँदै

दाङ । १५ दिनको अवधिमा टाइमकार्ड पालना नगर्ने एक सय बढी सवारीसाधन कारबाहीमा परेका छन् । देउखुरीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुबाङ सडकखण्डमा पर्ने नर्ती–भालुबाङ सडकखण्डमा टाइमकार्ड पालना नगर्ने एक सय १९ सवारीसाधन कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला सुरक्षा समिति दाङको पुस ११ गते बसेको बैठकबाट भएको निर्णयानुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–१ नर्तीदेखि राप्ती गाउँपालिका–१ भालुबाङ सडकखण्डमा सवारी दुर्घटना बढेपछि परीक्षणका क्रममा पुस १५ गतेदेखि लागु हुने गरी तीन महिनाका लागि बेलुकी ४ देखि ८ बजेसम्मका लागि टाइमकार्ड लागु गरेको हो । पुस १५ गतेदेखि माघसम्म १५ दिनको अवधिमा आठ हजार दुई सय १६ वटा सवारीसाधनलाई चेकजाँच गर्दा एक सय १९ वटा सवारीसाधन कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सेनाले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार १५ दिनको अवधिमा भालुबाङमा चार हजार चार सय ९६ वटा र नर्तीमा रहेको प्रहरीले तीन हजार छ सय एकवटा सवारी साधान चेकजाँच गरेका थिए ।

प्रहरी उपरीक्षक तिमिल्सेनाका अनुसार टाइमकार्ड लागु गरिएको क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटरका दरले सवारी साधन हिड्ने व्यवस्था गरिएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि टाइमकार्ड लागु गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक तिमिल्सेनाले भने, ‘गाडीको गति सीमित गर्दै चालकलाई सचेत बनाउन टाइमकार्ड लागु गरिएको छ, यो अवधिमा कुनै दुर्घटना भएका छैनन् ।’ टाइमकार्ड उल्लङ्घन गर्ने सवारी चालकलाई सचेत गराउनुका साथै उल्लङ्घन गरेको समयावधि बराबर गाडी होल्ड गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

साँझको समयमा राजमार्ग क्षेत्रमा भिडभाड हुने र तीव्र गतिका कारण सवारी दुर्घटना बढेपछि प्रहरीले करिब १५ किलोमिटर दुरीमा पुस १५ गतेदेखि चैत १५ गतेसम्मका लागि परीक्षणका लागि टाइमकार्ड लागु गरेको हो । टाइमकार्ड पालना गरे नगरेको भालुबाङ र नर्तीमा जाँच गर्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ । टाइमकार्ड लागु भएपछि दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि घोराही–तुलसीपुर सडकखण्डमा पनि दुर्घटना बढेपछि टाइमकार्ड लागु गरेको थियो । टाइमकार्ड लागु गरिए पनि कार्यान्वयनमा प्रहरीले चासो नदेखाएको भन्दै नागरिक स्तरबाट गुनासो आउने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

error: Content is protected !!