२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

दाङ प्रहरीले साथीलाई गोली हानी हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरि सार्बजनिक,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ ०७, २०८१

दाङ । गोली हानेर साथीको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेकालाई दाङ प्रहरीले सार्बजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर दंगीशरण- २ कौवाघारीमा प्रेम कुसारीको गोली हानी हत्या गरेको अभियोगमा दंगीशरण- २ कै छविलाल डांगी र पुष्प बस्नेत पक्राउ परेको जानकारी दिएको हो ।

छविलाललाई बाँकेको कोहलपुर र पुष्पलाई तुलसीपुर बजारबाट पक्राउ गरिएको हो । माघ ३ गते छविलाल र पुष्पले प्रेमलाई गोली हानेर हत्या गरेका थिए । उनीहरूले गोली हानेर पनि जिंगटको रूखबाट खसेर घाइते भएको बताएका थिए । प्रेमको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

error: Content is protected !!