२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

पूर्व डिआईजी छविलाल जोशीसँग अदालतले ५० लाख धरौटी माग,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ ०७, २०८१

 

काठमाडौं । जिल्ला अदालत काठमाण्डूले कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी कसुरमा मुछिएका गोर्खा मिडियाका सञ्चालक एवं पूर्वडिआईजी छविलाल जोशीसँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

जिल्ला अदालत काठमाण्डूले सोमबार जोशीलाई लाई ५० लाख धरौटीमा छाड् आदेश दिएको हो ।

आइतबार अदलतमा उपस्थित भएका जोशीलाई थुनछेक बहस नसकिएपछि थुनामा राखिएको थियो ।

जोशी यसअघि गत बिहीबार पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्धामा कास्की जिल्ला अदालतको आदेशबाट ८८ लाख धरौटी बुझाएर हिरासत मुक्त भएका थिए ।

स्वर्णलक्ष्मीको बचत अपचनको आरोपमा मुद्धा दायर गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने यअसघि काठमाण्डू जिल्ला अदालतको आदेशमा ६० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

error: Content is protected !!