२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

समाचारको प्रभाव लामो समयसम्म अलपत्र अवस्थामा रहेको राप्ती नदिको पुलको काम सुचारु,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, माघ ०८, २०८१

 

दाङ । एबिसी सञ्चार भण्डाफाेर टिमले गरेको रिपोर्टिङकाे कारण लामो समयसम्म अलपत्र अवस्थामा रहेको राप्ती नदिमा बन्दै गरेको पक्की पूलकाे काम फेरि शुरु भएको छ ।

प्युठानकाे सरुमारानी १, बांगेसालको झिलिवाङदेखि अर्घाखाँचीको सितगंगा — ७, लामाताल जोड्न राप्ती नदिमा पूल निर्माण कार्य निकै समय रोकिएको थियो । गत कार्तिक महिनामा सो अलपत्र पूलको रिपोर्टिङ केही स्थानीयहरुको प्रतिक्रिया सहित एबिसी सञ्चार अनलाइन मिडियामा प्रकाशन — प्रसारण भएपछि प्युठान जिल्लाबाट प्रतिनिधि सभाका माननीय सांसद सूर्य थापाले उक्त पक्की पूल निर्माणकार्य अगाडि बढाउने प्रक्रिया थालनी गर्न दुबै तर्फका स्थानीय जनप्रतिनिधिको रोहवरमा निर्माण कम्पनीलाई ताकेता गरेको स्थानीयबासीहरु बताउँछन् ।

सांसद थापाले सो पक्की पूलको निर्माणकार्य आगामी असार महिनाभित्र सम्पन्न गर्न पनि कडाइका साथमा निर्देशन दिएको कुरा जानकारीमा आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

error: Content is protected !!