२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

बुधबार तपाईहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, माघ ०९, २०८१

मेष : दिन सामान्य छ। लगानीबाट तत्काल फाइदा नभए पनि धैर्य हुँदा फाइदा हुनेछ। सानो कुराले मन अशान्त बन्नसक्छ। औषधी नियमित नहुँदा रोग बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : उपचारमा भए रोगबाट मुक्ति मिल्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। गोपनीयता भंग हुनाले परिवारमा खटपटी बढ्नेछ।

मिथुन : मानसिक तनाव बढ्ने जोखिम छ। छिमेकमा गरेका शुभकार्यमा सहभागी मात्र भएमा मन शान्त बन्नेछ। विपक्षी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कर्कट : साना कुराले मन अशान्त बन्नसक्छ। राज्यका तर्फबाट निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। साथीबाट अपमान सहनुपर्ने खतरा देखिन्छ। संकटमा परिवारको साथ र सहयोग भने प्राप्त हुनेछ।

सिंहः शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँगको सहकार्यमा गरेको काममा फाइदा हुनेछ। रोगसँग लड्ने क्षमता बढ्ने योग छ।

कन्या : दिन राम्रो छ। धनलक्ष्मी योगको सदुपयोग गर्नुपर्नेछ। विपक्षीले तपाईंको प्रशंसा गर्नेछन्। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। परिवारसँगको सहकार्यले काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : शिक्षाका क्षेत्रमा गरेको प्रयासबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ। पुरानो रोगले सताउने जोखिम छ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : आफ्नै राशिमा चन्द्रमा पुगेकाले मन शान्त बन्नेछ। विश्वास गरेका साथीले धोका दिने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा राम्रो हुनेछ। परिवारमा मेलमिलापको योग छ।

धनु : आम्दानीका दृष्टिले दिन राम्रो छ। व्यापारको लगानीबाट फाइदा हुनेछ। नोकरीमा भए बढुवा हुनेछ। विपक्षी साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। रोगबाट बच्न खानपानबाट बच्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

मकर : अन्त्य साढेसाती दशा चलिरहेको छ। जसका कारण हरेक काममा अवरोध हुनसक्छ। परिवारको साथ लिएर मात्र काम गर्नु उचित हुन्छ। एक्लो निर्णय लिएमा फस्ने जोखिम छ। संकटमा स्वास्थ्यले भने साथ दिएको छ। शिक्षामा ढिलासुस्ती हुनेछ।

कुम्भ : उदयमान शुक्र पुगेकाले मध्यसाढेसाती दशा भए पनि शुभग्रहको बहुमत छ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। रोगबाट बच्न खानपानमा ख्याल गर्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : शुभग्रहको बहुमत रहेको छ। मुल त्रिकोणमा चन्द्रमा पुगेकाले शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। काम सहजै बन्ने योग छ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ।

ज्यौतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा ।

सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर दाङ ।
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

error: Content is protected !!