२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

चोरीको प्रयास भएको आशंकामा बैंकको सुरक्षा साइरन बज्न थालेपछि स्थानीय बासिन्दा त्रसित

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, माघ ०९, २०८१

 

पर्सा । वीरगञ्जको माईस्थान चोकस्थित नेपाल बैंक लिमिटेडमा आज साँझ ८:१५ बजे चोरीको प्रयास भएको आशंका गरिएको छ । बैंकको सुरक्षा संकेत (साइरन) अचानक बज्न थालेपछि वरपरका स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

साइरनको आवाजले आसपासको क्षेत्रमा हलचल मच्चिएको छ भने स्थानीयहरूले तुरुन्तै घटनाबारे जानकारी लिन खोजेका छन् । चोरीको प्रयास भएको अनुमान गरिए पनि यसको पुष्टि हुन बाँकी छ । यसबारे थप जानकारीका लागि सुरक्षा निकायको प्रतिक्रिया प्रतीक्षामा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

error: Content is protected !!