२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

लुम्बिनी प्रदेश डिआईजी कार्कीद्वारा जिल्लाको प्रहरी प्रमुखहरुलाई भिडियो-कन्फेरेन्स मार्फत निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, माघ ०९, २०८१

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्र.ना.म.नि. डिआईजी दान बहादुर कार्कीबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालयहरू, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल र लुम्बिनी प्रदेश प्रहरी गण, खजुरा बाँकेका कार्यालय प्रमुखहरुलाई


भिडियो कन्फेरेन्स (Video Conference) मार्फत समग्र प्रदेशको शान्ति सुरक्षा, अपराध अनुसन्धान, लागू औषध दुर्व्यसनी नियन्त्रण, दुर्घटना न्यूनीकरण, भन्सार छली तथा तस्करी नियन्त्रण लगायतका अन्य समसामयिक बिषयहरुमा समयसापेक्ष निर्देशन सम्बोधन गर्नुभएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

error: Content is protected !!