२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

मकवानपुरबाट ठुलो मात्रामा ८१ किलो अबैध लागुऔषध गाँजासहित १ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, माघ ०९, २०८१

हैटोडा । इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं. ८ सिम्पानी स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँज गर्ने क्रममा राक्सीराङ चैनपुरतर्फबाट हेटौडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ च ००६२ नं.को बोलेरो पिकअप गाडीलाई शंका लागी सो गाडी तथा चालक जिल्ला मकवानपुर कैलाश गाउँपालिका वडा नं.४ बस्ने बर्ष २२ को छेटुप थिङलाई पक्राउ परेका थिए।

उन लाई रितपुर्वक खानतलासी गर्दा बोलेरो पिकअप गाडीको पछाडीको ढाला भित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा लागु औषध गाँजा ८१ किलो फेला परेको हुँदा उल्लेखित ला.औ.गाँजा , बा.प्र.०६-००१ च ००६२ नं.को बोलेरो पिकअप गाडीलाई कानून बमोजिम बरामद गरी निज छेटुप थिङलाई नियन्त्रणमा लिई ला.औ.गाँजा मुद्धामा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी गराएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

दाङ । राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे छाता संगठनको रूपमा रहेको राप्ती प्रेस मञ्चले राप्ती आधारभूत अस्पतालको सामुहिक रिपोर्टिङ गरेको छ । सो अस्पताल राप्ती गाउँपालिका – ५, सिसहनियाँ – कालापानीमा पर्दछ । अस्पतालको काउन्टरमा कार्यरत सिमा पुजाली र सविना मियाँ मिलेर केही दिनअघि आर्थिक ( रकम ) हिनामिना गरेको आरोप लगाएर अस्पताल प्रशासनले दुवै जनालाई […]

error: Content is protected !!