२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

सामाजिक सञ्जाल नियमन गर्न सरकारले छिटो कानुन ल्याउने संचारमन्त्री : गुरुङ

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, माघ १०, २०८१

 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमन जरुरी रहेकोले सरकारले यसका लागि सदनमा विधेयक लगेको बताएका छन् ।

प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले सामाजिक सञ्जालको गलत दुरुपयोगले सबैलाई अफ्ठेरो परेको बताए ।

‘सरकार र नेतालाई भन्दा बढी यसको दुरुपयोगले परेका समस्याको बारेमा वास्तविक पत्रकारहरूलाई अवगत छ, यसकै नियमनका लागि सरकारले विधेयक ल्याएको हो, मैले त अध्यादेशबाटै यो विधेयक ल्याऔँ भनेको थिएँ तर नियमित प्रक्रियामै लैजाने सल्लाह भयो’ उनले भने,‘चालु अधिवेशनमै यो विधेयक सदनबाट पास हुन्छ ।’

मन्त्री गुरुङले राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने बताएका छन् । उनले संविधान संशोधनको कुरा प्रतिपक्षले अनावश्यक प्रचार गरेको दाबी गरे ।

मन्त्री गुरुङले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता परिवर्तन नहुने स्पष्ट पारे । उनले राजनीतिक स्थिरताको लागि संविधान संशोधन गर्न खोजिएको बताउँदै शुसासन कायम नगरेसम्म देशको विकास हुन नसक्ने धारणा राखे ।

मन्त्री गुरुङले कानुनी शासन लागू नभए समस्याहरू थपिएको बताउँदै मुलुकमा शुसासन कायम गर्न १३ वटा पुराना कानुनलाई अध्यादेशमार्फत संशोधन गर्न खोजिएको जानकारी दिए । साथै, उनले राजनीतिक स्थिरता र संविधान रक्षाका लागि काँग्रेस र एमाले मिलेर वर्तमान सरकार बनेको उल्लेख गर्दै देशको तहसनहस भएको अर्थतन्त्र सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले सरकार बनेदेखि विकासका कामले गति लिएको बताउँदै सत्तारूढ दलभित्र कुनै विमति नरहेको दाबी गरे ।

‘सरकारविरुद्ध गठबन्धनमा एक प्रतिशत पनि समस्या छैन, कसैले सस्तो राजनीतिक प्रचार गर्नका लागि केही बोलेर हुने होइन, दुई पार्टीको मूल नेतृत्व गठबन्धनमा ढुक्क छ’, उनले भने, ‘दुई दलबीच भएको सहमति पूर्ण समय चल्छ ।’

सहकारी ठगीविरुद्ध सरकार कडा तरिकाले लागिरहेको उनको भनाइ थियो । रुपन्देहीको देवदहमा मेला उद्घाटनमा पुगेका मन्त्री गुरुङ आजै काठमाडौँ फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

दाङ । राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे छाता संगठनको रूपमा रहेको राप्ती प्रेस मञ्चले राप्ती आधारभूत अस्पतालको सामुहिक रिपोर्टिङ गरेको छ । सो अस्पताल राप्ती गाउँपालिका – ५, सिसहनियाँ – कालापानीमा पर्दछ । अस्पतालको काउन्टरमा कार्यरत सिमा पुजाली र सविना मियाँ मिलेर केही दिनअघि आर्थिक ( रकम ) हिनामिना गरेको आरोप लगाएर अस्पताल प्रशासनले दुवै जनालाई […]

error: Content is protected !!