२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

शुक्रबार तपाईहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, माघ ११, २०८१

 

मेष : प्रेम सम्बन्ध सुमधुर बन्नेछ। नाम र इज्जत बढ्नेछ। विपक्षी साथीलेसमेत आज तपाईंको तारिफ गर्नेछन्। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने योग छ। तपाईंले महत्त्वपूर्ण अवसरको सदुपयोग गर्नुपर्नेछ।

बृष ::-आज दिन आनन्दमय रहनेछ ।मनमा शान्ति छाउला प्रेम सम्बन्ध सुमधुर बन्नेछ। नाम र इज्जत बढ्नेछ। विपक्षी साथीलेसमेत आज तपाईंको तारिफ गर्नेछन्। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने योग छ। तपाईंले महत्त्वपूर्ण अवसरको सदुपयोग गर्नुपर्नेछ।

मिथुन राशि – कार्य गर्दा सजग रहनु होला । तपाईको कामबाट सहकर्मिहरु अप्रसन्न हुनेछन् ।चिताएको कार्यमा बाधा आउला ।न्यायिक तथा कानुनि कार्यहरु सुल्झनेछन् ।व्यवसाय मध्ययम रहनेछ । बोल्दा सजग रहनु होला ।

कर्कट : साना कुराले मन अशान्त बन्नसक्छ। योजना बनाउँदा बौद्धिक व्यक्तिको साथ लिनु उचित हुनेछ। पञ्चम भावमा चन्द्रमा रहेकाले शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने हुनसक्छ। परिवारले तपाईंको इच्छा विपरीत काम गर्दा मन अशान्त बन्नेछ। गुरुको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। साथीभाइले सहयोग गर्नेछन्।

कन्या : संयुक्त लगानीबाट व्यापारमा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम रहेको छ। नेतृत्वले माया गर्दा काम गर्ने अवसर प्राप्त हुनेछ।

तुला : परिवारले भन्दा बाहिरका व्यक्तिले तपाईंको कामको प्रशंसा गर्नेछन्। आफ्नो कामको जस अरुले लिने जोखिम रहेको छ। शिक्षामा गरेको लगानीले फाइदा हुने हुँदा लगानीमा हिम्मत गर्नुपर्नेछ।

वृश्चिक : स्वास्थ्यमा समस्या हुने जोखिम रहेको छ। बिहानै गणेशको दर्शन गरेमा मन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग लिएको सल्लाह कार्यान्वयन गर्नु अगाडि विवेक प्रयोग गर्नु उचित हुनेछ।

धनु : दिन सामान्य छ। स्वास्थ्यमा सुधार हुनेछ। बन्धुको साथले मनमा खुशी मिल्नेछ। बौद्धिक व्यक्तिको निगरानी भइरहेकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारलाई विश्वास गर्दा कोधा हुने जोखिम रहेको छ।

मकर : छिमेकको शुभकार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। पुरानो साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। परिवारको विश्वास गर्दा घाटा हुनेछ। काम गर्दा अरुको सल्लाह लिनेभन्दा विवेक प्रयोग गर्नुपर्नेछ।

कुम्भ : आज काममा अवरोध हुनसक्ने जोखिम रहेको छ। स्वदेशमा भन्दा विदेशको रमझमले आकर्षित गर्नेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

मीन : चन्द्रमा अनुकुल छन्। काममा निरन्तरको प्रयासको खाँचो देखिन्छ। खुशीका साथ गरेको कामको नतिजा राम्रो प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँग बढी तर्क नगर्नु उचित हुनेछ। पश्चिमको लामो यात्रामा नजानुहोला।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799ड

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

दाङ । राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे छाता संगठनको रूपमा रहेको राप्ती प्रेस मञ्चले राप्ती आधारभूत अस्पतालको सामुहिक रिपोर्टिङ गरेको छ । सो अस्पताल राप्ती गाउँपालिका – ५, सिसहनियाँ – कालापानीमा पर्दछ । अस्पतालको काउन्टरमा कार्यरत सिमा पुजाली र सविना मियाँ मिलेर केही दिनअघि आर्थिक ( रकम ) हिनामिना गरेको आरोप लगाएर अस्पताल प्रशासनले दुवै जनालाई […]

error: Content is protected !!