२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

अनलाइन सट्टेबाजीमा संलग्न २ युवा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ १४, २०८१

 

काठमाडौं । बसोबास गर्दै आएका रामेछाप खाँडादेवी गाउँपालिका–४ का ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका–१२ का २९ वर्षीय हरिशचन्द्र भुजेललाई प्रहरीले नगदसहित सोमबार पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूको बैंक खाता तथा बाइनान्स आईडीमा २ करोड ४१ हजार ६ सय ३६ रुपैयाँको कारोबार गरेको देखिएको हो । उनीहरूबाट प्रहरीले चार थान मोबाइल, एक थान कम्प्युटर सीपीयू, विभिन्न व्यक्तिका नाममा रहेका बैंकका २७ थान एटीएम कार्ड, ७ वटा चेकबुक, ९० हजार रुपैयाँ नगद, डायरीसहित ५० थान एनसीएल र ७ थान नेपाल टेलिकमका सिमकार्ड बरामद गरेको छ ।

बेटिङ एप्लिकेसनमार्फत विश्वभर संचालन हुने विभिन्न अनलाइन खेलमार्फत सट्टेबाजी सञ्चालन गर्दै क्रिप्टो करेन्सी ट्रेडिङमा संलग्न रहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको आचार्यले बताए ।

उनीहरूलाई मुलुकी अपराध (संहिता) ऐन जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

दाङ । राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे छाता संगठनको रूपमा रहेको राप्ती प्रेस मञ्चले राप्ती आधारभूत अस्पतालको सामुहिक रिपोर्टिङ गरेको छ । सो अस्पताल राप्ती गाउँपालिका – ५, सिसहनियाँ – कालापानीमा पर्दछ । अस्पतालको काउन्टरमा कार्यरत सिमा पुजाली र सविना मियाँ मिलेर केही दिनअघि आर्थिक ( रकम ) हिनामिना गरेको आरोप लगाएर अस्पताल प्रशासनले दुवै जनालाई […]

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

error: Content is protected !!