२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

मंगलबार तपाईहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित मंगलबार, माघ १५, २०८१

मेष : नाम दाम दुवै कमाउने दिन रहेको छ ।कार्य क्षेत्रमा दीर्घकालिन योजनाहरु बन्नेछन् ।व्यापारमा लाभ हुनेछ। पुरानो लगानीबाट धन प्राप्त हुनेछ। सन्तानले उचित बाटो अंगालेकाले मन शान्त बन्नेछ। दाम्पत्य जीवन सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

बृष :-सोचेको काम नबन्ने जोखिम छ। खर्च बढ्नेछ। अप्रिय कुरा सुनाएमा मनमा पीडाबोध हुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल भए पनि व्यापारमा घाटा हुनेछ। प्राविधिक शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

मिथुन :-शान्त भएर काम गरेमा दिन सहज बन्नेछ। काम गर्दा धैर्यता आवश्यक हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।संगित् एवं कलाक्षेत्रमा रुची वढ्नेछ ।प्रशासनिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट :-दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हु्नेछ। परिवारसँगको घुमघामले खर्च बढ्नेछ। गुरुबाट असहयोग हुने भएकाले मेहनतको आवश्यकता छ। परीक्षामा नतिजा खराब आए पनि धैर्य बन्नुपर्ने समय छ।

सिंह :-आज सुरुवात गरेको शिक्षाले दीर्घकालसम्म फाइदा हुनेछ। स्वास्थ्यले साथ दिने योग छ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। राजनीतिक क्षेत्रमा भने ठगबाट सचेत बन्नुपर्ने समय छ।सन्तानको शिक्षावाट भने मन खिन्न हुनेछ ।

कन्या : मित्र सहयोग अत्यन्तै शुभ हुनेछ । व्यवसायमा ठुलो लगानि लगाउन उपर्युक्त समय छैन ।पारिपारीक उल्झनले मनमा चिन्ता बढ्नेछ ।व्यवसायिक यात्रा भने सफल हुनेछ ।शिक्षा क्षेत्रमा प्रगति हुनेछ।

तुला : आफ्नो माया गर्नुपर्ने समय आएको छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिएकाले मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : घरभित्र बस्दा मन शान्त बन्नेछ। मांगलिक कार्यमा सहभागि भैएला ।उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा परिश्रमको आवश्यकता देखिन्छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

धनु : नयाँ कामको सुरुवात गर्नको लागि उत्तम दिन रहेको छ ।कार्यक्षेत्रमा दीर्घकालिन योजनाहरु बन्नेछन् ।स्वास्थ्यले साथ दिनेछ। सामाजीक कार्यमा रुची वढ्नेछ ।बिहान गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मकर : दिन सहज छ। सञ्चित धन खर्च भए पनि सम्मान प्राप्त हुनेछ। सहकर्मीसँगको सहकार्यबाट फाइदा हुनेछ। योजना अनुरुप कार्य अगाडि बढ्नेछन् ।स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। परिवारमा सचेत भएर अगाडि बढ्नुपर्नेछ।

कुम्भ : लगनशिलताले नै कार्य क्षेत्रमा अधिकार।स्थापित गर्नसकिनेछ ।साना कुराले मनमा झन्झट बढ्नेछ। जन्मकुण्डलीमा शनिदेव सकारात्मक भएमा आज तपाईंको काम बन्नेछ। व्यवसायिक सफलता मिल्नेछ ।विपक्षी साथीको साथ प्राप्त हुँदा समयको सदुपयोग गर्नु राम्रो हुनेछ।

मीन : प्रेम एवं मित्रवत् सम्बन्धमा मिठास छाउला ।संगित् एवं कला क्षेत्रमा रुची बढ्ला । सोचेअनुरुप काम वन्दा मन प्रसन्न हुनेछ ।व्यापारमा गरेको लगानी बढ्नेछ। सहकर्मीले तपाईंको कुरा काट्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा
सचिव :- नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र ।
फोन नं 9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

दाङ । राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे छाता संगठनको रूपमा रहेको राप्ती प्रेस मञ्चले राप्ती आधारभूत अस्पतालको सामुहिक रिपोर्टिङ गरेको छ । सो अस्पताल राप्ती गाउँपालिका – ५, सिसहनियाँ – कालापानीमा पर्दछ । अस्पतालको काउन्टरमा कार्यरत सिमा पुजाली र सविना मियाँ मिलेर केही दिनअघि आर्थिक ( रकम ) हिनामिना गरेको आरोप लगाएर अस्पताल प्रशासनले दुवै जनालाई […]

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

error: Content is protected !!